विदेशबाट नेपालमा पैसा पठाउने तरिकाहरु

Posted on: 24 May, 2018

विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ । रेमिटेन्स कम्पनीका उदाहरणहरु Western Union:Money Transfer, IME, MoneyGram आदि हुन् र बैंक खाताभन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ । 

रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ । फाराममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ । बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तर्राष्ट्रिय सञ्जाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तर्राष्ट्रिय कोड जसलाई स्विफ्ट कोड SWIFT  (Society for Worldwide Interbank Financial Telecommunication) code भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ । 

पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!