बैदेशिक रोजगारीको क्रममा अंगभंग भई फर्कने कामदारले कसरी र कति आर्थिक सहायता पाउँछन् ?

Posted on: 29 Nov, 2018

सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा अंगभंग भएको अवस्था छ भने उसलाई प्रवर्धन वोर्डले अंगभंगको प्रकृति अनुसार ३,००,००० (तीन लाख) सम्म आर्थिक सहायता उपलब्ध गराउँछ । 

बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ 'घ' मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम यो व्यवस्था लागु भएको हो । 

आर्थिक सहायता पाउने सर्तहरु निम्न छन्: 

१. बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिई गएको हुनुपर्छ ।

२. करार अवधिभित्र अंगभंग भएको हुनुपर्छ ।

३. अंगभंग भई स्वदेश फर्किएको १ बर्षभित्र बैदेशिक रोजगार प्रवर्धन वोर्डको सचिवालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

आर्थिक सहायता पाउनको लागि आवश्यक पर्ने कागजातहरु:-

- कामदारको पासपोर्ट 

- श्रम स्वीकृति पत्र

- करारपत्र 

- रोजगारदाता मूलुकमा उपचार गराएको प्रेसकिप्सन 

- सम्बन्धित दुतावासको शिफारिसपत्र 

- कामदारको नागरिकता 

- अंगभंग भएको कामदारको अंगभंग भएको फोटो 

- नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको प्रेसकिप्सन 

- नेपाल फर्कंदाको हवाई टिकट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!