कतार जानको लागि भिषा सेन्टर जानुपूर्व के के डकुमेन्ट लैजाने ? जान्नुहोस ३७ कुराहरु

Posted on: 30 May, 2019

कतार भिषा सेन्टर

कतार भिषा सेन्टरले आधिकारिक रुपमा बुधबारबाट नेपालमा सेवा सुरु गरेको छ । कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई ८ ओटा देशमा कतार सरकारका तर्फबाट निश्चित आवासीय प्रक्रियाहरु प्रदान गर्ने अख्तियारी दिएको छ । उक्त सम्झौताअनुसार कतारमा काम गर्न आउनेहरुले कतार आउनुअघि आफ्नै देशमा बायोमेट्रिक दर्ता, स्वास्थ्य जाँच परीक्षण गराउनुका साथै कामको सम्झौतामा हस्ताक्षर गर्ने काम पूरा गरेको हुनुपर्दछ ।

यो परियोजना पहिलो चरणमा ८ ओटा देश भारत, नेपाल , श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, इन्डोनेसिया, फिलिपिन्स् र ट्युनिसियामा लागू हुने छ र श्रीलङ्कामा पहिलो कतार भिसा केन्द्रको सुरुवातसँगै हुनेछ। 

गृह मन्त्रालयले यो परियोजना सर्वोत्तम अन्तर्राष्ट्रिय मापदण्डहरु अनुकूल हुने गरी कामदारहरुका अधिकारहरुलाई प्रत्याभूत गर्ने उद्देश्यले सञ्चालन गर्दैछ र सेवाहरुलाई झण्झटरहित तवरले जहाँको त्यहीँ उपलब्ध गराउँदै छ।

बायोमेट्रिक दर्ताको एउटा भागको रुपमा आवेदकहरुको अनुहारको तस्बिर, औला छाप, आँखाको प्रकारको विवरण लिइन्छ भने स्वास्थ्य परीक्षणमा आँखाको दृष्टि क्षमता, केही रक्तपरीक्षण, एक्सरे र डिप्थेरिया र टिटानसको भ्याक्सिन दिइन्छ।

अपईन्टमेन्टको सम्बन्धमा धेरै सोधिने प्रश्नहरु

१. के मलाई बायोमेट्रिक भिसा को लागी शुल्क तिर्नुपर्ने आवश्यकता छ वा मेरो प्रायोजक र रोजगारदाताले भुक्तानी गर्नेछ ?

कृपया ध्यान दिनुहोला कतार कतार भिसा केन्द्रले बायोमेट्रिक भिसा शुल्क लिदैन। सो शुल्क कामदारदाताले सोजै मिनिस्ट्रि अफ इन्टिरियर, कतारमा तिरेका हुन्छन् ।

२. के आफ्नो अपोइन्ट्मेन्ट्को लागि समय चयन गर्न अनिवार्य छ?

कतार भिसा केन्द्रमा समय नलिई आउनेलाई थोरै मात्र समय भएको र प्रतिक्षाको समय बचाउनका निम्ति अपईन्टमेन्टको समय वेबसाईटबाट लिन सल्लाह दिईन्छ ।समय नलिई आउनेलाई विश्रामस्थल नभरिएसम्म कुनै सीमितता हुने छैन । समयको सिमा देश वा क्षेत्र र कतारको गृह मन्त्रालयको समय समयमा जारी निर्देशनअनुसार फरक पर्छ ।  

३. के मैले मेरो अपईन्टमेन्टको समय परिवर्तन गर्न सक्छु ?

एक पटक बूकिंङ्ग भएको अपईन्टमेन्टको समय रद्ध गर्न सकिदैन, तर अपईन्टमेन्टको समय परिवर्तन गर्न को लागि कम्तिमा २४ घण्टा अगाडी वेब साइटको समय ब्यावस्थापन शाखामा गई पून:अपईन्टमेन्ट बूकिंङ्ग गर्न सक्नुहुन्छ, त्यसको लागि अपईन्टमेन्ट बूकिंङ्ग गर्दा प्रयोग गरिएको भिसा रिफरेन्स नम्बर आवश्यक छ । 

४. के परिवार वा समुह जसरि दर्ता गर्न मिल्छ?

पारिवारिक वा सामूहिक रुपमा अपईन्टमेन्टको समय लिने सुविधा उपलब्ध छ र सो कार्य अनलाइन दर्ता विधिबाट सामूहिक दर्ता छानेर गर्न सकिन्छ ।त्यसका लागि तपाइँसँग हरेक परिवार सदस्यको भिन्नभिन्नै पहिचानपत्र र पासपोर्टका साथै इमेल ठेगाना हुनुपर्ने छ । 

५. के म अरु कसैको लागि समय लिन सक्छु?

सकिन्छ । निवेदकको सबै चाहिने विवरण, मान्य पासपोर्टको नम्बर र ईमेल हुनु जरुरी हुन्छ । व्यक्तीको परिचय निवेदकको पासपोर्टबाट जाँचिन्छ ।  

६.कति पटकसम्म निवेदकले समय फेर्न सक्छ ?

निवेदकले ५ पटक सम्म मात्र अपईन्टमेन्टको मिति फेर्न सक्छ । निवेदकले थप परिवर्तन गर्न पाउँने छैन । थप फेर्नु परेमा निवेदक कतार भिसा केन्द्र गएर विश्रामस्थल वर्गको अपईन्टमेन्ट समय लिन सकिन्छ ।     

७.आफ्नो राहदानी नम्बर र भिसा नम्बर राखे पछि पनि किन रिक्याप्चा थिच्नुपर्छ?

रिक्याप्चा एक सुरक्षाको लागि लिइएको प्रकृया हो, जसले सुचनाको हिनामिना र विधुतीय आक्रमण हुन बाट रोक्दछ। "म रोबोट होइन" अनिवार्य रुपमा क्लिक गर्नुहोला अनि दिइएको निर्देशन अनुसार अगाडि बढ्नुहोला। 

बायोमेट्रिक दर्ता धेरै सोधिने प्रश्नहरु

८. बायोमेटिक जानकारी कसले बुझाउनुपर्छ ?

रोजगारी, बसोबासको लागि भिसा आवेदन दिने सबै आवेदकले बुझाउनु पर्छ । 

कतार भिसा केन्द्रमा बायोमेटिक जानकारी बुझाउन नपर्ने आवेदकः

-६ वर्ष मुनिको

-८० वर्ष माथिको

-दुतावासको पासपोर्ट हुनेको (....)

९. कतार भिसा केन्द मा अपईन्टमेन्ट जाँदा के के कागजात लानु पर्छ ?


* कतार भिसा केन्दमा पेश गर्नुपर्ने कागजपत्र जान्नकालागि आवेदन चिठ्ठी हेर्नुहोस् । 

१०. सल्लाह, प्रतिकृया र गुनासो कहाँ दिने ?

प्रतिक्रिया फारमहरू हरेक कतार भिसा केन्द्रका स्वागत कक्षमा उपलब्ध छन्, अथवा www.qatarvisacenter.com को "हामीलाई लेख्नुहोस" भन्ने पृष्ठ गइ हामीलाई पत्राचार गर्न सक्नुहुनेछ।

स्वास्थ्यसंग सम्बन्धित धेरै सोधिने प्रश्न

११. स्वास्थ परिक्षण कसरी मिलार्ईएको छ ?

स्वास्थ परिक्षण बायोमेट्रिक दर्तासँगै मिलाइएको हुन्छ ।स्वास्थ परिक्षण कतार भिसा केन्द्रमै  बायोमेट्रिक दर्तापछि लिईन्छ । 

स्वास्थ परिक्षण ठ्याक्कै बायोमेट्रिक दताको एक घण्टापछि हुन्छ । उदाहरणः यदि बायोमेट्रिक दर्ता ९:३० मा भए, स्वास्थ परिक्षणको समय त्यसै दिन १०;३० मा हो ।   

१२. कस्तो स्वास्थ परिक्षणहरु गरिन्छ ?

भिसा स्वास्थ परिक्षणमा जाँच र सुविधाहरुः

क) परामर्श सुविधाः

-स्वास्थ इतिहास र शारिरिक जाँच

-दृष्टि जाँच

-शारिरिक चिन्ह जस्तै उचाइ, मोटाई र रक्तचाप

ख) एक्स रे परिक्षणः छाती एक्स रे, आन्तरिक र्दश्य

ग) प्रयागशालामा जाँचः

-एच.आई.भि परिक्षण, हेपटाइटिस बि र हेपटाइटिस सि

-उपदंश जाँच

-जैवरसायन परिक्षण जस्तै सुगर, एस्.जि.ओ.टि, एस्.जि.पी.टि

-गर्भवस्था जाँच

-हेमोग्लोबिन् परिक्षण

-मलेरिया र माइत्रो फिलारियल पारासाइटलाई रगतको मोटोपन

घ) माथिको परिक्षणमा आधारित जारी गरेको स्वास्थ प्रमाणपत्र ।   

१३. स्वास्थ परिक्षणको लागि के के जानकारी हुनु पर्छ ?

कतार भिसा केन्द्रको नियुक्ति पत्र सँगै बुझ्नेगरी देखिने भिसा नम्बर र मान्य सक्कली पासपोर्ट र बायोमेट्रिक दर्तापछि पाएको बायोमेट्रिक रसिद

१४. भिसा मेडिकल परिक्षणको म्याद कहिले सकिन्छ ?

यदि स्वास्थ परिक्षण सफलतापूर्वक सकाएको ६० दिन भित्र यात्रा नगरेमा फेरी सबै प्रत्रिया दोहोरिने छ ।

१५.स्वास्थ परिक्षणको लागि नियुक्ति कसरी दर्ता गराउने ?

-कतार भिसा केन्द्रको वेबसाइटबाट दर्ता गराईएको सबै नियुक्तिमा स्वतह त्यसै दिनलाई दर्ता हुन्छ । 

-नियुक्ति समयको उपलब्धताको लागि वेबसाइटको नियुक्ति खण्डमा जानुहोस । 

-निवेदकले नियुक्ति समय छुटाएको भए बाहेक छुट्रटै स्वास्थ परिक्षणको समय निकाल्नु हुँदैन । 

-नियुक्ति समय छुटाएको भए भिसा निवेदनलाई पुनः समय कतार भिसा केन्द्रको वेबसाइटबाट निकाल्नुपर्छ । 

१६. भिसा मेडिकल टेस्टको लागी नजिकको मेडिकल सेन्टर कसरी पत्ता लगाउने?

सबै स्वास्थ परिक्षण कतार भिसा केन्द्रमा भिसा निवेदन प्रक्रीया र बायोमेट्रिक दर्ता भएको केही घण्टामा हुन्छ । 

केन्द्रको जानकारी र स्थान हाम्रो वेबसाईटमा छ । आफ्नो स्थान खोज्दा नजिकैको केन्द्र देखाईने छ ।   

१७. अर्को भिसा प्रकारको लागि पहिलै परिक्षण भईसकेको भए के गर्ने ?

यदि स्वास्थ परिक्षण सफलतापूर्वक सकाएको ३ महिना भित्र फेरी उस्तै परिक्षण गर्नुपरेमा नजिकैको भिसा केन्द्रमा सम्पर्क गर्नुहोला । 

१८. अपईन्टमेन्ट राख्न नसकेको खण्डमा के हुन्छ ?

अपईन्टमेन्ट आगामी २४ घण्टा भित्र फेरी सारेर अनलाइन दर्ता प्रक्रियाबाट परिवर्तन⁄रद्द गरेर अथवा कतार भिसा केन्द्र गएर गर्न सकिन्छ ।

१९. स्वास्थ परिक्षणमा उपस्थित हुनु अगि के के जानकारी हुनु पर्छ ?

-स्वास्थ परिक्षणलाई कम्तिमा २ घण्टा दिनुहोस । 

-परिक्षण अगि सामान्य खानपान गर्नुहोस ।

- मान्य अवधि भएको पासपोर्ट र स्वास्थ केन्द्रको स्वास्थ घोषणा फारम अत्यन्त जरुरी हुन्छ ।

 -सकेसम्म अपईन्टमेन्ट १५ मिनेट अघि आउनुहोस ।  अपईन्टमेन्ट १५ मिनेट ढिला भएमा पुनः समय मिलाउनु पर्छ ।  

-परिक्षणमा आउदा कुनैपनि गरगहना वा धातु नलगाउनु होला । कुनैपनि लगेज ब्याग कतार भिसा केन्द्रमा मान्य हुने छैन । 

-निवेदकमात्र कतार भिसा केन्द्रमा पवेश पाउँछन् । यदि निवेदक अपान्ग वा नाबालक भएमा सहयोगको लागि अर्को मान्छे ल्याउन सक्छन् । 

-मोबाईल बाहेक ल्यापटप र अन्य विघुतिय सामान ल्याउन मनाही छ ।  स्वास्थ परिक्षण प्रक्रिया अघि सहमती फारममा हस्ताक्षर गर्नु पर्छ । 

२०. त्यो दिन मैले केके कुरा ल्याउनुपर्छ ?

तपाइँको अपईन्टमेन्ट लागि 

हालको मान्य पासपोर्ट

एन्.आई.सि जस्तै भिन्न पहिचान 

ल्याउनु पर्ने अन्य कुराहरुः 

-चस्मा वा कन्ट्याक लेन्स

-स्वास्थ स्थितीको विशषज्ञको रिपोर्ट

-यदि पहिले क्षय रोगको जाँच वा उपचार गरेको भए कृपया जाँच वा उपचारको विशषज्ञको रिपोर्ट जस्तै कि एक्स रे 

-जाँचमा आउँदा कुनैपनि गरगहना वा अमूल्य सामान नल्उन हामी अनुरोध छ ।

२१. स्वास्थ परिक्षणको लागि कति समय लाग्छ ?

कृपया समयमा आएर २ घण्टा परिक्षण सफल हुनको लागि दिनुहोला । 

२२. आवश्यक सामान बिर्सेमा के हुन्छ ?

यदि पासपोर्ट नल्याएमा स्वास्थ परिक्षण हुनेछैन र तपाईले अपईन्टमेन्टको समय लिन पुनः उपलब्ध मिती लिनुपर्नेछ । 

२३. भिसा स्वास्थ परिक्षणको समयको लागि फोटो चाहिन्छ ?

चाहिदैन । त्यैपनि पहिचान पक्का गर्न तपाईको फोटो लिन सकिने छ । कृपया ध्यान दिनु कि अनुहार छोपिएको हुनु हुदैन ।

 गोपनियताको पर्दा उपलब्ध छन् । कृपया आफैँ फाटो नल्याउनुहोला । चाहिएमा तपाईको फोटो स्वास्थ परिक्षण गर्दा लिने छौ ।

२४. यदि स्वास्थ परिक्षणको लागि दिएको समय भन्दा पहिले पुगेमा के मेरो स्वास्थ परिक्षण पहिल्यै हुन्छ ?

हुदैन । कृपया स्वास्थ परिक्षणको लागि दिइएको समयमा आइदिनुहोला । सबै समय पहिल्यै मिलाइएको हुन्छ र तपार्ई छिटै आएतापनि दिइएको समयमा परिक्षण गरिने छ । 

२५.मेरो स्वास्थ परिक्षणको नतिजा जान्नको लागि कहाँ सम्पर्क गर्नुपर्छ ?

एस.एम.एस् बाट तपाईको भिसा स्वास्थ प्रक्रियाको विभिन्न चरणको बारेमा अद्यावधिक गराईराख्छ । दिनको अन्तिममा स्वास्थ रिपोर्ट लिन सकिन्छ र लिने समय भिसा स्वास्थ केन्द्रले बताईदिने छ । धेरैजसो, नतिजा ७२ घण्टाभित्र उपलब्ध हुन्छ । 

स्टेम्ज भिसा निवेदन प्रक्रियामा कुनै सुझाव दिदैँन । विद्युतिय स्वास्थ्य अवस्था बुझाएर पक्का गरेको र अझ सुझाव चाहिएमा कतार भिसा केन्द्रमा सम्पर्क गर्नुहोला ।  

२६.के स्वास्थ परिक्षणमा उत्तिर्ण र अनुत्तिर्णको प्रणाली छ ? के म फेरी स्वास्थ केन्द्र जानुपर्छ ?

यदि केही परिक्षण सकारात्मक भए फेरी पुनः परिक्षणलाई जानुपर कृपया सम्पर्कको सहि जानकारी दिनुहोला । नतिजा पर्खिनुपर्ने अवस्था आएमा कतार भिसा केन्द्रले अन्य परिक्षण र जाँचको लागि सम्पर्क गर्ने छ । इदि सबै जाँच र परिक्षण प्रक्रियालाई २ महिना (६० दिन) लागेमा निवेदकले पुनः स्वास्थ परिक्षण गर्नुपर्नेछ ।    

२७. स्वास्थ परिक्षणमा भएको मेरो अनुभवको आधारमा प्रतिक्रीया कसरी दिने ?

तपाईको प्रतिक्रीया हाम्रो वेबसाईटमा दिनुहोस । यदि तपाई कतार भिसा सेन्टरमा हुनुहुन्छ भने प्रतिक्रीया फारमको लागि अनुरोध गर्न सकिन्छ ।

२८. स्वास्थ परिक्षणमा सफल भएपछि के हुन्छ ?

नतिजा सम्बन्धित अधिकारी कहाँ पेश हुनेछ ।  भिसा मेडिकल मूल्याकंनका लागि कृपया १०‐१५ व्यापारिक दिन समय दिनुहोस । भिसा मेडिकल मूल्याकंनको बारेमा यदि कुनै प्रश्न भएमा हामिलाई सम्पर्क गर्नुहोस । 

२९. यदि महिला निवेदक महिला डाक्टरसगैँ परिक्षण लिन खोजेमा के गर्ने ?

कृपया स्वास्थ केन्द्रको सोधपुछ कक्षमा खबर गर्नेहोला । हामी तपाईको अनुरोधलाई सक्दो प्रयास गर्छौ ।

३०.के महिला निवेदकलाई एक्स.रे को लागि छुट्टै तयारी गर्नु पर्छ ?

हामीसँग महिला निवेदको लागि महिला एक्स.रे प्राविधिक हुन्छन् ।  यदि तपाई गर्भवति हुनुहुन्छ भने एक्स.रे प्राविधिक र रिसेप्सनिष्टलाई जानकारी दिनुहोस ।एक्स.रे जाँच अघि तपाईले कम्बरदेखि माथि लगाएको सबै गरगहनाहरु फुकाल्न र र लामो कपाल बाध्न निर्देशन दिईन्छ ।अमुल्य वस्तु र गरगहनाहर केन्द्रमानल्याउन अनुरोध गरिन्छ । 

३१.यदि म टाउँको छोप्ने धेरैजसो लगाउँछु भने के म स्वास्थ परिक्षणमा लगाउन सक्छु ?

यदि तपाई टाउँको छोप्ने लगाउनु हुन्छ भने तपाई लगाउन सक्नुहुन्छ । तर परिक्षणको कुनै मोडमा अनुहार स्पष्टसगँ फोटोको लागि देखिनुपर्छ । तपाईको अनुहार चिउँडोदेखि आखिभाउँसम्म स्पष्टसगँ देखिनुपर्छ जसमा दुबै फोटो जाँच र परिचय जाँच पनि हुनेछ । 

३२. के म गर्भवति भएर पनि छातिको एक्स.रे परिक्षण पुरा गर्न सक्छु ?

कतारको अध्यागमन विभागले गर्भवति भएको बेला छातिको एक्स.रे परिक्षण नगर्न सल्लाह दिएको छ । यदि तपाई गर्भवति हुनुहुन्छ भने कृपया सोधपुछ कक्षमा जानकारी गराउनुहोला ।  

कार्य सम्झौता धेरै सोधिने प्रश्नहरु

३३. कता भिसा सेन्टरमा कतार जाने सम्झौता कसरी गर्न सकिन्छ ?

सम्झौता पत्र बिद्युतिय प्रणालिमा उपलब्ध छ । जुन तपाईहरुलाई पढ्न सहमत हुन र दस्तखत गर्न बिद्युतिय प्रणलिमा नै उपलब्ध गराइने छ । तपाईहरुले बायोमेट्रिक परिक्षण र स्वास्थ्य परिक्षण गर्नु अघाडि नै गरी सक्नु पदर्छ ।

३४. सम्झौता पत्रमा मेरो नाम गल्ती छ ? के म बायोमेट्रिक र स्वास्थ्य परिक्षण गर्न योग्य हुन्छु ?

आवेदहरुलाई आफ्नो श्रमदाताहरुलाई सम्पर्क राखी नाम ठेगानाहरु सच्चाएर पुनः कतार भिसा सेन्टरमा नियुक्ति लिनु पर्दछ । वयोमेट्रिक र स्वास्थ्य परिक्षण हुन अघि सम्झोता अनिवार्य रुपमा आवश्यक छ । किनकी यो भिसा प्रकृयाका लागी अनिवार्य छ ।

३५. सम्झौता पत्रमा उल्लेख भएको मेरो व्यक्तिगत विवरण गल्ती छ ? सच्चाउन के गर्नुपर्ला ?

आवेदकहरुले आफ्नो श्रमदातालाई सम्पर्क राखेर ब्यक्तिगत विवरणहरु सच्चाएर पुनः कतार भिसा सेन्टरमा नियुक्ति लिनुपर्छ। 

३६. मेरो सम्झौता पत्रमा तलब र अन्य सुबिधाहरु फरक छ भने मैले के गर्नुपदर्छ ?

आवेदकहरुले आफ्नो श्रमदातालाई सम्पर्क राखेर सम्झौता पत्रमा संसोधन गरी  पुनः कतार भिसा सेन्टरमा नियुक्ति दिनु पदर्छ ।

३७. मेरो विद्युतिय सम्झौता र राहदानीमा मेरो दस्तखत फरक भएका के ? के मेरो भिसा रद् हुन्छ ?

आवेदकहरुलाई आफ्नो दस्तखत राहदानीमा भए अनुरुप हुन सल्लाह दिइन्छ । भिसा सम्बन्धि कुनै पनि निर्यण कतारको गृहमन्त्रालयको एकाधिकारमा पर्दछ ।

श्रोत : कतार भिषा सेन्टर (वेबसाइट) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!