के हो बैदेशिक रोजगार वोर्ड ? विदेश जाने कामदारको हितमा के-कस्ता काम गर्छ ? (अन्तर्वार्ता)

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौँ | नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार  बोर्डको व्यवस्था गरेको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार  वोर्डको सचिवालय छ ।


माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डको कार्यालय बबरमहल, काठमाडौँमा रहेको छ ।

साझा सबाल मिडियाले बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग वोर्डको काम कर्तव्य र भावी रणनीतिको बिषयमा आम पाठक तथा दर्शकलाई जानकारी दिन एक अन्तर्वार्ता लिएको छ । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!