नेपालले छिट्टै ओमनसंग श्रम सम्झौता गर्दै, लागत शुल्क बुझाउनु नपर्ने

Posted on: 11 Oct, 2019

असोज २४, काठमाडौँ | नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौताको तयारी हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छिट्टै ओमनसंग श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरको जनाएको हो । 

नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति भएपछि हस्ताक्षर प्रक्रिया अगाडि बढाइएको हो । मन्त्रालयले श्रम सम्झौताको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरिसकेको छ ।

ओमानसंगको श्रम समझदारीमा हस्ताक्षर नेपालमै गर्ने योजना छ । हस्ताक्षर कार्यक्रममा सहभागी हुन ओमनका जनशक्तिमन्त्री शे ख अब्दुल्लाह बिन नासेर अल वक्रीको समय लिइसकिएको छ । तर श्रम सम्झौता हुने मिति भने सार्वजनिक गरिएको छैन ।

नेपालीका लागि सुरक्षित गन्तव्य मध्ये रहेको ओमनमा श्रम सम्झौतापछि कामदार पठाउनु थप सुरक्षित हुने बताइएको छ । नेपाल र ओमानबीच अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्ड पूरा हुने गरी समझदारी गर्न लागिएको हो । कामदार भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने गरी समझदारी गर्न ओमन तयार छ । ओमन जाने कामदारले म्यानपावरलाई लागत शुल्क बुझाउनुपर्दैन । टिकट र भिसा शुल्क पनि रोजगारदाताले नै दिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!