विदेश जान पुन: श्रम स्वीकृति लिन के-के आवश्यक ? (सूचना सहित)

Posted on: 02 Jul, 2020

असार १८, काठमाडौँ | विदामा आई कोरोनाको कारण वैदेशिक रोजगारीमा जान नपाएकाहरुले पुन: श्रम स्वीकृति लिएर विदेश जान पाउने भएका छन् ।

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । 

बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार बिहिबार वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै पुन: श्रम स्वीकृति लिन सकिने जानकारी गराएको छ । 

आवश्यक कागजातहरु:

१. सम्बन्धित मुलुकको कम्पनीले सोहि पदमा वा कम्पनी परिवर्तन गरेको भए त्यहा करार सम्झौता गरेको प्रमाणपत्र  

२. भ्यालिड पासपोर्ट 

३. भ्यालिड भिषा 

भिषा सकिएको भए, साउदी र कतारको हकमा नेपालस्थित सम्बन्धित देशको दुतावासमा गई आफ्नो भिषा रि-इस्युको लागि निवेदन दिन सकिन्छ, त्यसो गरे केहि दिनको भिषा थप गर्न सकिन्छ । अन्य देशको हकमा सम्बन्धित कम्पनिले भिषा रि-इस्यु गर्न सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!