अब विदेशबाट बिदामा आएर जान चाहनेहरुलाई सहज, पुन: स्वीकृति लिन यस्तो हुनेछ अबको प्रक्रिया

Posted on: 09 Oct, 2020

असोज २३, काठमाडौँ | कोरोना महामारीको कारण बिदामा आएर पुन: रोजगारीमा जान चाहने नेपालीहरुलाई सहज बनाइएको छ । देशिक रोजगार बिभागले यसअघि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अनिवार्य रुपमा सम्बन्धित कम्पनीले श्रम कर्यालयको इमेलमा एनओसी पठाउनुपर्ने व्यवस्था हटाइएपछि थप सहज भएको हो ।

नयाँ व्यवस्थासंगै अब बिदेशमा रहेको कम्पनीले श्रम कार्यालयको इमेलमा एनओसि पठाईराख्नु पर्दैन । अब सम्बन्धित कम्पनीले कामदारको इमेलमा एनओसी पठाउनुपर्छ र उक्त इमेललाई कामदार आफैले अनलाइनबाट बिभागको इमेलमा पठाउनु पर्छ । बिभागले यस सम्बन्धमा स्पष्ट पार्दै श्रम कार्यालयलाई पठाएको पत्रमा भनिएको छ 'वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनु अघि सम्बन्धित रोजगारदाता कम्पनीबाट कामदारहरुको रोजगारदाताबाट रोजगारी सुरक्षित गरिएको ग्यारेन्टी पत्र (एनओसी/ग्यारेन्टी लेटर) पेश गर्नुपर्ने हालको अवस्थामा पुन: श्रम स्वीकृतिका लागि समेत उक्त पत्र आवस्यक रहेको र पत्र प्राप्तिका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यालयको इमेलमा मगाई एनओसी/ग्यारेन्टी पत्र प्रिन्ट गर्न सेवाग्राही लाइनबा बस्नुपर्ने, प्राप्त पत्र अपलोड गर्न पटक-पटक बाहिर जानुपर्ने र श्रम स्वीकृति प्राप्तिका लागि पुन: लामबद्ध हुनुपर्ने अवस्थाले कार्यालयमा भिडभाड अत्याधिक बढिरहेको, सेवा प्रक्रिया ढिला भएको, सेवाग्राही बिचौलियाको शोषणमा पर्न सक्ने तथा कोभिड १९ को संक्रमण जोखिम समेत उच्च रहेको अवस्था छ ।' यसै बिषयलाई मध्येनजर गर्दै बिभागले यस अघिको व्यवस्थामा केहि परिवर्तन गर्न निर्देशन दिएको थियो । त्यसै पत्रको आधारमा श्रम कार्यालय ताहाचलले नयाँ सूचना जारी गरेको छ । 

सूचना अनुसार बिदामा आएर बैदेशिक रोजगारीमा जान पुन: स्वीकृति लिन आएकाहरुले आफ्नो इमेल/भैबर/म्यासेन्जर/ह्वाट्सएप लागायत अनलाइन माध्यमबाट सम्बन्धित  रोजगारदाताले पठाएको रोजगारी सुरक्षित गरिएको व्यहोराको ग्यारेन्टीपत्र/एनओसीलाई कामदार स्वयमले प्रमाणित गरी अनलाइन गरे हुने भएको छ । 

सूचना हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!