कतारमा कोरोनाको खोप लगाएकाहरुले यसरी सजिलै पाउन सक्छन् खोप प्रमाणपत्र

Posted on: 03 Jun, 2021

टिप्स | कोरोना कहरका बीच कतारमा रहेका नेपालीहरुलाई बिभिन्न प्रयोजनमा कोरोना विरुद्धको खोप लगाई सकेको भए सोको प्रमाण आवश्यक पर्ने हुन्छ । यस्तो अवस्थामा सम्बन्धित देशको एक सरकारी वेबसाइटबाट खोप लगाईसकेको भए प्रमाणपत्र पाउन सकिन्छ । 

जसको लागि सम्बन्धित मन्त्रालयको वेबसाइटको लिंक http://cert-covid19.moph.gov.qa/ मा क्लिक गर्नुपर्ने हुन्छ । यस्तो प्रमाणपत्र पाउनको लागि दुवै डोज खोप लगाएको ७ दिनको समय कटेको हुनुपर्नेछ । 

माथिको वेबसाइटमा गएपछि आफ्नो NAS ID (National Authentication System ID) लगिन गर्नुपर्ने हुन्छ । NAS ID आफ्नो User ID वा आफूसँग भएको कतार आइडी हो भने पासवर्ड आफूले जे पहिला राखेको छ, त्यहि हानेर सिस्टममा जान सकिन्छ । यदी यस्तो ID बनाएको छैन भने https://www.nas.gov.qa/ मा गएर बनाउन सकिन्छ । पहिलेनै ID बनाएको छ तर पासवर्ड बिर्सिएको छ भने पनि https://www.nas.gov.qa/ बाट रिसेट गर्न सकिन्छ । नयाँ ID बनाउँदा तपाइले कतारी आइडीमा दर्ता भएको जुन फोन हो त्यहि प्रयोग गर्नुपर्छ । 


http://cert-covid19.moph.gov.qa/ मा आफ्नो एकाउन्ट लगिन गर्नको लागि User ID र पासवर्ड राख्नुपर्छ । त्यसपछि आफ्नो नाम सहितको अन्य विवरण आउँछ । त्यसमा प्रिन्ट गर्ने अप्सन पनि दिएको हुन्छ । त्यसैमा क्लिक गरेर आफूले कोभिडको खोप लगाएको प्रमाणपत्र पाउन सकिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!