डिभी आवेदन खुल्यो कहिले सम्म भर्न सकिन्छ ?

Posted on: 07 Oct, 2021

असोज २१ , काठमाडौँ । सन् २०२३ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर ९ मा बन्द हुनेछ।

हिजो (बुधवार) राति ९ :४५ बजेबाट खुलेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सकिने जानकारी दिएको छ। आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण, विगत ६ महिना भित्र खिचिएको फोटो चाहिने छ।

त्यस्तै, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुपर्ने छ। दूतावासको वेबसाइटमा गएर अनलाइन फारम भर्न सकिने दूतावासले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!