गोरखा २ को हट सिटमा बाबुराम र नारायणकाजी: पछिल्लो मत अपडेट यस्तो छ...

Posted on: 09 Dec, 2017

मङ्सिर २३, गोरखा | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ ।

भर्खरै प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछाडी पार्दै अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै छ ।

गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले अहिलेसम्म १८३३७ मत  पाएका छन् भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १५६०३ मत प्राप्त गरेका छन् । जुन मतान्तरको हिसाबको कुरा गर्ने हो भने २७३४ मतको अन्तर हो । 

गोरखामा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत कांग्रेस र नयाँ शक्तिको तालमेल रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!