गोरखा २ को पछिल्लो मत परिणाम यस्तो आयो, भट्टराई अगाडी कि श्रेष्ठ ?

Posted on: 09 Dec, 2017

मङ्सिर २३, काठमाडौँ । प्रतिनिधिसभा क्षेत्र नं. २ गोरखामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई चार हजार ५९६ मतले प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् ।

गोरखा २ मा ६० हजार मत खसेकोमा अहिलेसम्म ५० हजार ४६ मत गणना भएको छ। कांग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले २८ हजार ८७३ मत ल्याए भने श्रेष्ठले २१ हजार २७७ मत ल्याएका छन्।

गोरखा १ मा माओबादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएका छन् भने कांग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याए। यहाँ ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मत गणना भएको छ।

गोरखा २ को दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु नयाँ शक्तिका हरिशरण आचार्य, कांग्रेसका प्रकाशचन्द्र दवाडी र गोरखा १ मा वाम गठबन्धनका उम्मेदवार माओबादी नेता लेखबहादुर थापा र एमालेका नेता रामशरण बस्नेत अघि छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!