भूकम्प गएको दिन बैशाख १२ गते बारपाकमा सार्वजनिक विदा

Posted on: 09 Apr, 2019

चैत २६, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आगामी बैशाख १२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी प्रसाद पनेरुले साझा सबाललाई जानकारी दिए। 

सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ। २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 

गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!