गोरखामा माईक्रोबस दुर्घटना: १ को मृत्यु, १९ घाइते

Posted on: 07 Mar, 2018

फाल्गुण २३, काठमाडौं। आज बिहान गोरखा बजार देखी आँबुखैरेनी तर्फ गएको माईक्रोबस दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने चालक सहित १९ जना घाइते भएका छन ।


गोरखा बसपार्क देखी ८:४५ बजे आँबुखैरेनी बजार तर्फ हिडेको बा.३ ख ४६५८ नम्बरको माईक्रोबस गोरखा नगरपालिका १० को टक्सार बहिरा बिद्यालय घुम्तीमा दुर्घटना हुदाँ मनकामना बहिरा बिद्यालयको कक्षा ५ मा अध्ययनरत तनहुँ आँबुखैरेनीकी श्रद्वा गौलीको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटना लगत्तै फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षमता भन्दा बढी यात्रु लिएर हिडेको तथा अन्यिन्त्रीत गतिका कारण दुर्घटना भएको स्थानीयबासीले जनाएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!