एम्नेस्टी नेपालद्वारा बाह्रौं राष्ट्रिय युथ मेला गोरखामा आयोजना गरिँदै

Posted on: 18 Apr, 2018

वैशाख ५,गोरखा । एम्नेस्टी इन्टरनेसनल नेपालले गोरखा जिल्लामा २०७५ वैशाख ५ देखि तीन दिने राष्ट्रिय युथ मेलाको आयोजना गर्दैछ । मानवअधिकार अभियानमा युवाहरूलाई सक्रिय बनाउने पहल अन्तर्गत एम्नेस्टी नेपालले सन् २००६ देखि हरेक वर्ष युथ मेलाको आयोजना गर्दै आइरहेको छ । एम्नेस्टी नेपालले हालसम्म एक हजार भन्दा बढी युवाहरूलाई प्रशिक्षित गरिसकेको जनाएको छ ।

यस वर्षको युथ मेलाको नारा “संसारमा आफूँले देख्न चाहेको परिवर्तनको संवाहक बन” रहेको छ । वैशाख ७ सम्म चल्ने उक्त मेलामा एम्नेस्टी नेपालमा आबद्ध देशभरीका विभिन्न युथ नेटओर्कका करिब १०० युवाहरूको सहभागिता रहने छ ।

यस तीन दिने मेलाका क्रममा युवाहरूलाई मानवअधिकारसम्बन्धी आधारभूत विषयवस्तु र मानवअधिकार अभियानका बारेमा विस्तृत प्रशिक्षण गराइनेछ र उनीहरूले यी विषयहरूमा ज्ञान, शीप र दक्षता हाँसिल गर्नेछन् । उनीहरूले एम्नेस्टी इन्टरनेसनलले कसरी आफ्नो मानवअधिकार गतिविधिहरू सञ्चालन गर्दछ र संसारमा कसरी एम्नेस्टीका सदस्य, समर्थक र स्वयंसेवकहरूले मानवअधिकारसम्बन्धी जागरण र परिवर्तनमा योगदान पुर्याइरहेका छन् भन्ने बारेमा पनि ज्ञान आर्जन गर्नेछन् ।

यस मेलामा सहभागी हुने युवाहरूले गोरखा दरबारको पनि भ्रमण गर्नेछन् र सो क्रममा एम्नेस्टी टर्कीका पूर्व अध्यक्ष टानर किलिकको रिहाइको माग गर्दै एउटा सार्वजनिक एक्सन गर्नेछन् । युवाहरूले महिला विरूद्ध हुने हिँसाको माग गर्दै एउटा सडक नाटक पनि प्रदर्शन गर्नेछन् । त्यसैगरी उनीहरूले सिरियामा अहिले भइरहेको बर्बरतामाथि गम्भीर चासो व्यक्त गर्दै र त्यहाँको द्वन्द्वका सबै पक्षहरूलाई त्यहाँको मानवीय सङ्कट समाधान गर्न आह्वान गर्दै सडक प्रदर्शन पनि गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!