गोरखामा ट्याक्टर दुर्घटना: १४ जना घाइते, २ को अवस्था गम्भीर

Posted on: 13 May, 2018

वैशाख ३०, गोरखा । गोरखामा ट्याक्टर दुर्घटना हुदा १४ जना घाइते भएका छन् | 

गोरखा नगरपालिका-११ बिरेनचोक स्थित तिनधारेमा आइतबार ग१त ५९०१ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा १४ जना भारतीय मजदुर घाइते भएका हुन्।

घाइते भारतीय मजदुरहरु आबुँखैरेनी गोरखा सडकखण्डमा सडक स्तरोन्नतीको काम गर्दै आइरहेका थिए।

मजदुरहरु ट्याक्टर चढी खाना खान जादा आज करिब ११ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ |

घाइते हुनेमा भारत चौहान, कन्धे मलाह, सोनु शाह, मुवारक अलि, माधव च्याइ, सुवास चौहान, राजकुमार चौहान, रामरतन चौहान, पंकज चौहान, मिसार चौहान, शुशिल चौहान, राजुकामार चौहान, स्माइल मिया र अनिष अलि रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घाइते मध्य कन्धे मलाह र मुवारक अलिको अवस्था केही जटिल देखिएपनि अन्यको भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!