बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरु आन्दोलित

Posted on: 29 Oct, 2017

कात्तिक १२, काठमाडौँ | देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरुले उचित मुवब्जा नपाएको भन्दै गोरखा र धदिङ्गका मुख्य बजार हरु ठप्प बनाएका छन् ।

त्यस्तो त्यहाँका स्थानीयले धादिङ्गमा रहेको आरुघाट बजार र खहरे बजार पूर्ण रुपमा ठप्प पारेको छ भने त्यहाँका स्कुल र चल्ने सबारी साधनको आवात जावातमा समेत पूर्ण रुपमा बन्द गरिएको छ । त्यस्तै गरि गोरखामा पर्ने आर्खेत बजार पनि ठप्प बनाएका छन् ।

बुढी गण्डकी सरोकार समितिले कार्तिक १२/१३ गते बन्दको आव्हान गरेको थियो सोहि तालिका अनुसार गोरखा र धादिङ्गका बुढी गण्डकी प्रभावित क्षेत्रहरु पूर्ण रुपमा ठप्प छन् । स्थानीयको माग पुरा नभए नजिकै आउंदै गरेको प्रदेश र केन्द्रको चुनाबलाइ पनि असर पर्न सक्ने बुढी गण्डकी सरोकार समितिका सदस्य उमेश श्रेष्ठले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!