विप्लव समूहका दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष पक्राउ

Posted on: 18 Sep, 2019

असोज १, गोरखा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् | विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरी कार्यालयले जनाएको छ |

यसअघि पनि विकलाई राजद्रोह र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धा लागिसकेको र मंगलबार घर आएको बेला समातेको प्रहरीले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!