गोरखाका कुन कुन गाउँपालिकामा कसलाई जिम्मेबारी दिईयो त....?

Posted on: 17 Mar, 2017

जि.पि.पौडेल ,चैत्र ४ गोरखा ।

गोरखाको सबै गाउँपालीकामा कार्यकारी अधिकृत तोकिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । गोरखाको चुमनुव्रि गाँउपालीकामा सुन्दर श्रेष्ठ, धार्चे गाँउपालीकामा शेषकान्त पौडेल, अजिरकोट गाँउपालीकामा सोना श्रेष्ठ र आरुघाट गाँउपालीकामा एकदेव खनाललाई गाँउपालीकाको कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जिल्ला समन्वय समिती गोरखाका प्रशासकिय प्रमुख नारायण आर्चायले जानकारी दिनुभयो । त्यस्तै भिमसेन गाँउपालीकामा जिवन आलेमगर, सिरान्चोक गाँउपालीकामा राजु आर्चाय, सुलिकोट गाँउपालीकामा शैलेस राज ढुंगाना र गण्डकी गाँउपालीकामा देवराज चौलागाई कार्यकारी अधिकृत तोकिएको उहाँले जानकारी दिनुभयो । शहिद लखन गाँउपालीकामा भने अर्को व्यवस्था नहुञ्जेल सम्म हाल कै निमित्त प्रमुख रहने व्यवस्था गरिएको प्रशासकिय प्रमुख आर्चायको भनाई रहेको छ । सरकारले गाँउपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो । त्यस्तै सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!