गोरखामा भेटिएको १४ थान सकेट बम डिस्पोज

Posted on: 08 May, 2017

गणेश पौडेल/बैशाख २५,गोरखा ।

गोरखाको सुलिकोट गाउँपालिका वडा नम्वर ३ स्वाँरामा सोमबार भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । रणसिंह दलको नेपाली सेनाको बम डिस्पोज टोली दिउँसो ४ बजे त्यहाँ पुगेर १४ थान सकेट बम डिस्पोज गरेको हो । घाँसदाउरा गर्न गएका स्थानीयले ओडारमुनी शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । यस अघि पनि त्यहाँ ठूलो परिमाणमा बिस्फोटक पदार्थहरु भेटिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!