बिरामीका लागि आँपपिपल अस्पतालले सुरु गरयो बस सेवा

Posted on: 07 Nov, 2017

कात्तिक २१, गोरखा । जिल्लाको ग्रामिण भेगमा रहेर अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको आँपपिपल अस्पतालले बिरामीलाई लक्षित गरेर बस सेवा सुरु गरेको छ । 

मंहगो एम्बुलेन्स भाडा तिरेर उपचारका लागि अस्पताल जान नसक्ने बिरामीका लागि उक्त सेवा सुरु गरिएको प्रशासकिय अधिकृत बामुराम गिरीले जानकारी दिए ।

‘नियमित चेक जाँच वा सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पताल आउने चाहने सेवाग्राहीको सुबिधाका लागि हामीले बस चलाउन लागेका हौ’ उनले भने । शुष्मा कोइराला मेमेरियल अस्पताल साँखु काठमाण्डौको अनुदानमा प्राप्त २४ सिटको उक्त बस ल्याइसकिएको छ । मेड नेपाल र मेड जमर्नीको सहयोगमा उक्त बस सञ्चालन गर्ने तयारी अस्पतालको छ ।


आँपपिपल अस्पतालको सेवा क्षेत्रको भित्र आलोपालो गरी बस चलाईने गिरी बताए । ‘हामी सेवाग्राहीको माग र चाप अनुसार हप्तामा आलोपालो गरी बस चलाउछौं’ उनले भने । विभिन्न रुट बनाएर बस चलाउने तयारी अस्पतालले गरेको छ । 

पहिलो पटक पालुङटार नगरपालिकाको खोप्लाङ पाउरोटी भण्डारबाट लुँइटेल भञ्जाङ, बड्डाँडा, हुँदै आँपपिपल सम्म एउटा रुट बनाइएको छ भने सिरानचोकको चित्र पोखरीबाट हर्मी भञ्जाङ, आँपपिपल भञ्जाङ हुँदै आँपपिपल अस्पताल सम्म गरी अर्को रुट निर्धारण गरिएको गिरीले बताए । ‘हामी बिहान जहाँबाट बिरामी ल्याएका छौ उपचार भएपछि साँझ त्यही लगेर छाडिदिन्छौ’ उनले भने ।

अन्य ठाँउमा पनि माग आए संम्भावता अध्ययन गरी रुट निर्धारण गर्नेे अस्पतालको तयारी छ । गाउँमा युवा शक्ति नहुँदा र भएको एम्बुलेन्सको भाडा पनि मंहगो हुँदा नियमित स्वास्थ्य परिक्षण गराउनु पर्ने र सामान्य खालका बिरामीहरुको आवश्यकतालाई मध्येनगर गरी जिल्लामा पहिलो पटक आँपपिपल अस्पतालले बस सेवा सुरु गरेको हो ।

‘जसलाई स्वास्थ्य परिक्षण गराउन छ, तर त्यत्ति जटिल समस्या पनि छैन, एम्बुलेन्समा जान सक्दैन, बोकेर लाने जनशक्ति पनि गाउँमा छैन् उहाँहरुलाई हामीले टार्गेट गरको हौं’ गिरीले भने । सिकिस्त खालका बिरामीका लागि भने अस्पतालको एम्बुलेन्स २४ घण्टा नै सञ्चालनमा रहेको उनले बताए ।

अहिले सरकारले गरेको स्वास्थ्य बिमा कार्यक्रमका लागि पनि जिल्ला अस्पताल गोरखा र आँपपिपल अस्पतालबाट मात्र सेवा लिनुपर्ने भएपछि नियमित स्वास्थ्य परिक्षण गराउनेहरुको सुबिधाका लागी बस सेवा प्रभावकारी हुने अस्पतालको विश्वास छ ।

केही दिन भित्र सडक मर्मत गरेर बस सञ्चालन गर्ने तयारीमा आँपपिपल अस्पताल जुटेको छ । सोका लागि पालुङटारको सभा चौतारो देखि अस्पताल सम्मको सडक मर्मतको काम भईरहेको उनले बताए । अन्य सडक मर्मतमा स्थानीय तहलाई चासो दिन पनि अस्पतालले आग्रह गरेको छ ।

हरेक गाउँलाई पायक पर्ने गरी एउटा बाटोलाई प्राथामिकतामा राखेर स्तरउन्नती गर्ने हो बस सेवा प्रभावकारी हुने गिरीले बताए । युनाइटेड मिसन डु नेपालले स्थापना गरेको उक्त अस्पताल ग्रामिण भेममा सञ्चालित नेपालकै नमूना र उत्कृष्ट अस्पताल हो ।

अत्याधुनिक सेवा सुविधा सहित सञ्चालनमा रहेको उक्त अस्पताल सम्म पुग्ने सडक व्यवस्थित नहुँदा बिरामीहरुलाई भने समस्या हुने गरेको छ । नरेन्द्र ढकालको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!