सौरपानीका बासिन्दाको सहयोगमा सौरपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

Posted on: 07 Aug, 2018

जि.पि.पौडेल / साउन २२,गोरखा । गोरखाको सुलिकोट गाउँपालिका वडा न.४ सौरपानीका बासिन्दाको सहयोगमा सौरपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरीएको छ । बैदैशिक रोजगारीको सिलसिलामा बिदेश तथा स्वदेशमै रोजगारी गरिरहेका युवाहरूले सामाजीक सञ्जालबाट नै एम्बुलेन्स खरिद गरी आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडीले बिशेष उपस्थितीमा सौरपानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरीएको हो । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीकी प्रमुख अनिता पनेरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको ‘सौरपानी सामूदायिक एम्बुलेन्स’ अभियानका संयोजक इश्वर पनेरुले जानकारी दिए ।

सदरमुकामबाट करिव ४३ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति रहदै आएको थियो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद दवाडी, गाउँपालिकाका अध्यक्ष भट्ट, संयोजक पनेरु, दिनेश खनखवास, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाल लगायतले बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरुले मन्तव्य ब्यक्त गरेका थिए ।

त्यस्तै गरी आजै सुलिकोट गाउँपालिका वडा न.३ मा रहेको नेपाल टेलिकमको टावर पनि सांसद दवाडीले सर्वेक्षण गरेका छन । नेपाल टेलिकमको प्राबिधिक टोली सहित सासंद दवाडीले मोवाईल सेवा थप बिस्तार गर्न बन्दै गरेको टावरको सर्वेक्षण गरेका हुन । उक्त सर्वेक्षण टोलीमा नेपाल टेलिकम गोरखाका प्रमुख चन्द्र ब. श्रेष्ठ, बरिष्ठ इन्जिनियर हरी खनाल सहितको टोली उपस्थित रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!