विप्लप समूहका जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

Posted on: 05 May, 2019

वैशाख २२, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र विक्रम चन्द ‘विप्लप’ समूहका गोरखा जिल्ला इञ्चार्जसहित दुई जनालाई आज पक्राउ गरेको छ । पालुङटार नगरपालिका–७ स्थित खोलाघाट क्षेत्रबाट जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा च्याङली प्रहरी चौकीबाट खटी गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सदरमुकाममा ल्याएर अनुसन्धान अघि बढाइको उहाँले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!