गोरखाबाट ७२ वर्षीया फ्रान्सेली नागरिकको हेलिकप्टर मार्फत उद्धार

Posted on: 20 Sep, 2019

असोज ३, गोरखा | गोर्खाको धार्चे गाउँपालिका-४ लाप्राकबाट फ्रान्सेली नागरिकको २ वर्षीया यान म्यारीको  शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको छ | यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न आएकी उनी लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको बताइएको छ |

म्यारीको काठमाडौं लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको बताइएको छ | उनका  छोरासहित गाइड र पोर्टर लिएर उनी मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि आएकी थिइन् |उनीसँगै आएका छोरा आमालाई काठमाडौं पठाएर लार्के पासका लागि हिँडेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!