गोरखामा पनि लकडाउन : खाद्यान्न पसल र अस्पताल बाहेक सबै पसल, यातायात बन्द

Posted on: 23 Mar, 2020

चैत्र १०, गोरखा  ।  जिल्ला प्रशासन कार्यालय गोरखाले बिभिन्न अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन मंगलबारदेखि लागु हुने गरी जिल्ला भित्रिने यातायात सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले साझा सबालालाई जानकारी दिए । 

हामीले अत्यावश्यक सेवाका बाहेक सवारी साधन संचानामा रोक लगाएका छौं, पौडेलले भने 'दैनिक उपभोग्य खाद्यान्न सामग्रीका पसलहरु र अस्पताल, क्लिनकलगायतका सेवाहरु बन्द गराउने निर्णय गरिएको छ ।'

उनका अनुसार अबदेखि जिल्ला भित्रिने र सदरमुकामबाट बिभिन्न ग्रामीण रुटमा चल्ने यातायात सेवा पनि बन्द हुनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!