गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित संख्या ११५ पुगे

Posted on: 08 Jun, 2020

जेठ २६, कास्की । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

सोमबार बिहान पोखरा महानगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । सङ्क्रमित पुरुष पोखराको क्वरेन्टीनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!