गुल्मी महोत्सवमा कुन कलाकारले कति दर्शक ताने ?

Posted on: 09 Apr, 2018

प्रेम सुनार | चैत २६, गुल्मी | अहिले कुनै पनि कार्यक्रममा नेताका  भाषण सुन्न मानिसहरुको जमघट कम हुँदै गएको छ । मानिसहरुको जमघट बटुल्ने भने कै कलाकार भएका छन् । त्यस माथी महोत्सवहरुमा त कलाकारहरु  महँङ्गा महँङ्ग उतार्ने गरिएको छ ।

गुल्मी महोत्सवमा पनि स्थानिय नाम चलेका देखि ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको जम्वो टोली उतारियो । महोत्सव मुल समारोह समिति आर्थिक विभाग प्रमुख रामप्रसाद पन्थीका अनुसार पहिलो दिन र आज अन्तिम दिनका कलाकारको यसमा समावेश छैन ।

चैत्र १६ गतेबाट सुरु भएको महोत्सवको पहिलो दिन हावाहुरी  सहितको पानीले उद्घाटन  विथोलि दियो । दोश्रो दिन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

दोश्रो दिन  दर्शक तान्ने कलाकारहरु

उक्त दिन कलाकार विजु वज्र , रमेशराज भट्टराई , मञ्जु पौड्याल , रोनु थापा, गणेश अधिकारी , हरि खत्री र आयुष केसीको प्रस्तुती थियो ।  आर्धिक विभाग संयोजक रामप्रसाद पन्थीका अनुसार त्यस दिन जुन दिन ३ हजार ८ सय ४२ जनाले टिकट काटेका थिए ।

तेश्रो दिन

कलाकाहरुमा  हेमन्त शर्मा, कृष्ण रेउले , सुशिला गौतम, वन्दना पाण्डे , कमल कँडेल , विक्रमबाबु विक थिए । त्यस दिन ३ हजार ९ सय ४२ जनाले टिकट काटेका थिए ।

चौथो दिन

कलकारहरु कमल खत्री , देवि घर्ति , नारायण विपी परियार , टिकाराम पोखरेल , विष्णु सिंजाली , ललिता पौड्याल थिए । उक्त दिन ४ हजार ७ सय ९९ जनाले टिकट काटेका थिए । त्यस दिन सदाको भन्दा विद्यार्थीको  संख्या दोव्वर  थियो । अघिल्ला दिनहरुमा दैनिक साढे सात सयको हाराहारीमा टिकट काटेका विद्यार्थीहरु उक्त दिन १३ सय  ९६ जनाले काटेका थिए ।


पाँचौ दिन

कलाकारहरु हेमन्त शर्मा, चन्द्र शर्मा, शान्त परियार , कल्पना कुशुम लगायत थिए । उक्त दिन ५ हजार ६ सय  ४५ जनाले टिकट काटेका थिए । त्यस दिन  पनि अघिल्लो दिन कै जति विद्यार्थीहरुको संख्या थियो ।

छैठौं दिन

कलाकारहरु रामजी खाँड, सरिता कार्की, रुपा जिएम, विशाल श्रेष्ठ, सुरेश राना र कमल झाँक्री थिए । उक्त दिन पनि विद्यार्थीको संख्या १२ सय भन्दा बढि थियो भने कुल ५ हजार ४सय ८९ जनाले टिकट काटेका थिए ।

सातौं दिन

कलाकारहरु खुमन अधिकारी , प्रिती आले श्रीप्रसाद थापा , तुलसिंह रनपछाई , महेन्द्र भण्डारी , तिलक वस्नेत , विष्णु श्रीपाली, पवन परियार  थिए । उक्त दिन दर्शक ह्वात्तै बढेका छन् । त्यस दिन विद्यार्थीहरु झण्डै दुई हजार सहित कुल ७ हजार ४  सय ५ जनाले टिकट काटेका छन् ।

आठौं दिन

कलाकारहरु    आश्था राउत , शान्तश्री परियार , शिव खनाल , अर्जुन कुँवर ,  र विजय परियार थिए । उक्त दिन २ हजार भन्दा बढि विद्यार्थी सहित ८ हजार ९ सय ४७ जनाले टिकट काटेका थिए ।

नवौं दिन

कलाकारहरु राजेश पायल राई, राजु ढकाल , रामचन्द्र चन्द , शिलु भट्टराई पवित्रा सर्तुङ्गे मगर , सुशीला थापा थिए ।  उक्त २३ सय जना विद्यार्थी सहित ८ हजार ९ सय  ४७ जनाले टिकट काटेका थिए ।

अघिल्लो दिनलाई छाडेर १० औं दिन

कलाकारहरु बद्रि पंगेनी , सम्झना भण्डारी , सिता राना , गायत्री थापा , दिपक परियार , निर्मला थापा रहेका थिए । उक्त दिन ८ हजार ३ सय ९५ जनाले टिकट काटेका थिए । आर्थिक विभाग संयोजक पन्थीका अनुसार टिकट विक्रीबाट कुल २६ लाख ८५  हजार ३ सय ७८ रुपैयाँ संकलन भएको छ । 

उनका अनुसार महोत्सवभर करिव ६ करोडको कारोवार भएको आंकलन गरिए पनि एकिन विवरण आउन भने बाँकी छ । आज समपन सत्रको विवरण साँझ मात्र आउने पन्थीले बताए ।  मुख्य कलाकार र केहि अन्य कलाकारहरुको नाम तल माथी वा नआएर नाम मात्रै परेको  र छुटेको हुन सक्ने संयोजक पन्थीले पछिल्लो जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!