एउटा यस्तो मेजर जसले नेपाली सेनाको तलव पुरै समाज सेवामा खर्चिन्छन्

Posted on: 11 Aug, 2018

प्रेम सुनार। साउन–२६, गुल्मी । गत तिन दिन देखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन  प्रतियोगिता  भईरहेको छ । शनिवार विहान समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका त्यस खेल प्रेमी र प्रतियोगिहरुको सहभागिता रहेको छ ।


त्यस प्रतियोगिताको पुरै खर्च ब्यहोर्ने ति एउटै ब्यक्ति हुन नेपाली सेना विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमत कार्की । नेपाली सेनाको खेलाडी पृष्ठभुमीबाट प्रवेश गरेका कार्की यहाँ आए देखि विभिन्न खेलमा  समेत ब्यक्तिगत सहयोग गर्दै आएका छन ।

जिल्ला भित्र होस वा बाहिर प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन दिने गरेका छन । रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निम्न माध्यामिक विद्यालयमा अपाङ्ग मैत्री शौचालय ब्यक्तिग खर्च मै निर्माण गरी दिए । रुरु गाउँपालिका वडा नम्वर ४ को वम्घामा उनले त्यहाँका पुरै विद्यार्थीहरुलाई कपी कलम, खेल सामग्री आफै पुगेर बितरण गरे ।

जहाँ उनले एक दिने शिविर राखेर त्यहाँ विद्यार्थी र उनका अभिभावकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराई दिए । त्यहाँका सवै भन्दा विपन्न विद्यार्थी छानेर उनले ति विद्यार्थीको अभिभावक बन्दै उच्च शिक्षा सम्म आफ्नै खर्चले अध्यान गराई दिने घोषणा गरेका छन ।

हरि स्मृति प्रावि यसरी नामकरण गरिएको थियो । स्थानिय हरि कंडेललाई नेपाली सेनाले विरवासमा घेराउ  गरी मारेको थियो । त्यसै विद्यालयमा संयोगवस त्यस्तो कार्यक्रम लिएर पुगेका सेनानी कार्कीलाई त्यस विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण पौड्याल र अन्य बक्ताहरुले सेना आफैले लगाएको घाउँमा आफै मलमपट्टी लगाई दियो भनेर प्रशंसा गरेका थिए ।

को कहाँ असहाय छ ? को विपद्मा परेको छ ? उनले सञ्चारकर्मी र अन्य सरोकारवालालाई सोध्धै सहयोग गर्छन । यस्ता अनगिन्ती सहयोग उल्लेख गरी साध्य छैन ।  तम्घासमा युवा समाज सेवी रमेशजंग कुँवर भन्छन –‘ हुन त   यस अघि देखि नै जिल्लाको धार्मिक क्षेत्र संरक्षण , खेलकुद विकासमा नेपाली सेनाको अतुलनिय योगदान रहँदै आएको छ ।  

तर ब्यक्तिगत रुपमा अहिलेका मेजर सावको यति ठुलो योगदान विगतमा सायद विरलै भए होलान । उनको ठम्याई छ सामाजिक क्षेत्रमा उहाँको त्यो खर्च  उहाँको मासिक तलव भन्दा बढि होला । ब्याडमिन्टन संघका अध्यक्ष महेश काउछा भन्छन पछिल्लो यस ब्याडमिन्टन खेललाई मात्र होईन उहाँले हरेक खेलमा ब्यक्तिगत सहयोग गर्दै आउनु भएको छ । उहाँको तलव भन्दा बढि सामाजिक क्षेत्र मै खर्च गरेको स्पष्ट हुन्छ ।

कुनै समय पोखराका चर्चित समाज सेवी अमरसिंह चोकका स्वर्गिय डम्वरबहादुर कार्कीका छोरा हुन उनि । पोखरा नगरपालिकामा १५ वर्ष सम्म प्रधानपञ्च रहेका र पछि पोखरा कै मेयर रहेका कार्कीको तिन वर्ष अघि निधन भएको थियो । उनै पिता कार्कीको स्मृतिमा उनले करिव ३ लाख रुपैयाँ ब्यक्तिगत खर्च ब्यहोरेर ब्याडमिन्टन खेलको  खेलाएका हुन ।

उनले दाजुहरु मनोज कार्की, रामराजा कार्की र आफुलाई त्यस खेलको आयोजक बनाएका छन ।  सेनानी कार्कीको यस्तो योगदान प्रति यहाँका समाजसेवीहरु  च्कित र हर्षित छन ।

कार्की भन्छन म मेरो नाम राख्नका लागि होईन ।  सामाजिक उत्तरदायित्वमा नेपाली सेनाको मन र नाम देखाउन चाहन्छु ।  हरेक नेपाली सेनाको दिल दिमागमा  राष्ट्रको रक्षा जति गडेको हुन्छ त्यस्तै सामाजिक क्षेत्रमा पनि केहि गरेर देखाउँ भन्ने भावना जागृति हुन्छ । यस्तो म एउटा अधिकृत मात्रको होईन । हरेक अधिकृत देखि जवान सम्मको हुन्छ ।

त्यसैको एउटा प्रतिनिधी मुलक पात्र मात्रै हुँ म । उनले यहाँ  गुल्मपति सम्हाल्नुजेल आफ्नो पुरै तलव सामाजिक क्षेत्र मै खर्चिने उद्घोष गर्दै आएका छन ।  उनि थप्छन हामी नेपालीहरु मध्ये कोही भोकै मर्न नपरोस् । उपचार गर्न नसकेर , शिक्षा नपाएर बस्न नपरोस  यस्ता कुरामा मेरो चसो र चिन्ता छ । त्यस्ता कोही भएर खवर पाउँ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!