सरकारको विरोधमा होईन साथ छ कांग्रेसः गगन थापा

Posted on: 03 May, 2018

प्रेम सुनार | वैशाख २०, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले समृद्धि मुलुक तर्फ सरकार लागे कांग्रेस पाँच वर्ष सम्म सहयोगी  र  जिम्मेवार प्रतिपक्ष  भएर बस्ने  बताएका छन् ।

 मुलुकको स्थिरता  र समृद्धिका  लागि प्रतिपक्षले  सरकारको विरोध नै गर्नु पर्ने हिजोको संस्कृति कांग्रेसले अवलम्वन नगर्ने उनले विहिवार गुल्मीका तिन  वेग्ला बेग्लै कार्यक्रममा दोहराएका छन् ।  

धुर्कोट गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले भने ‘संघियतालाई संस्थागत गर्न, स्थानिय तह  देखि  प्रदेश सम्मलाई अधिकार सम्पन्न बनाउन र ऐन कानुन बनाउनका लागि सरकार र प्रतिपक्ष भन्ने कुरै हुन्न । ’

त्यस्तै सोही गाउँपालिका वडा नम्वर ७ वाग्लामा नेपाली कांग्रेसको ५० दिने महाअभियानको भेलालाई सम्वोधन गर्दा पनि अव कांग्रेस सरकारको विरोधी भएर होईन उसले समृद्धिको बाटो खोल्छ भने हामीले वाहिरै बसेर पनि सहयोगीको भुमिका खेल्नु पर्नेमा कार्यकर्तालाई सुझाएका थिए ।

चुनावमा कहिले हार , कहिले जित स्वभाविक हो,  यसपाली हारियो भनेर कत्ति हरेस नखानु होला र हिनतावोध पनि नसाध्नु होला  उनले कार्यकर्ताहरुलाई डटेर जनताको काममा अहोरात्र खटे आगमी पाँच वर्ष पछि जनताले आफै तानेर चुनेर कांग्रेसलई सत्तामा पुराउने ढाट्स समेत दिएका थिए ।

यदि सरकार जनताले दिएको म्यागनेटबाट वरालिए वदलिए मात्रै उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेसले गर्ने बताए । आजै उनले सदरमुकाम तम्घासमा जिल्ला पार्टीले आयोजना गरेको आमसभालाई समेत सम्वोधन गर्दै गुल्मी कांग्रेस सुरु गरेको महाअभियानको प्रभाव देशैभर परेको भन्दै प्रशंसा गरेका थिए ।

उनले जितेकाहरुले राज्यको सरकार बनेर र हारेकाहरुले छायाँ सरकार बनेर जनताको आवश्यकता पुर्ति  र  विकास निर्माणमा निगरानी पुराउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनि आजै राजधानी फर्किएका छन् ।   दुई दिन देखि जिल्लाका विभिन्न कार्यक्रमहरुमा महासमिति सदस्य चन्दबहादु केसी, जिल्ला पार्टी प्रचार विभाग प्रमुख जगदिश भट्टराई लगायतका नेताहरु सहभागि थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!