पार्टी एकताबारे के भन्छन त गुल्मीका जिल्ला नेताहरु ?

Posted on: 18 May, 2018

प्रेम सुनार/जेठ ४, गुल्मी। केन्द्रमा हिजोको दुई अलग अलग पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक पार्टी भएको घोषणा गरे लगत्तै विभिन्न जिल्लामा जस्तै गुल्मी जिल्लामा पनि पार्टी एकतालाई स्वागत गर्दै संयुक्त रुपमा खुशीयाली मनाईयो ।

पार्टी एकताको खुशीयाली हिजोको एउटा पार्टी क्याम्पमा मात्रै मनाईन । हिजोको नेकपा एमाले पार्टी क्याम्पमा मनाईएको खुशीयाली पछि हिजोको माओवादी केन्द्रको पार्टी क्याम्पमा समेत पुगेर संयुक्त रुपमा खुशीयाली मनाईएको थियो ।

स्वर्गिय जननेता मदन भण्डारी  र जिवराज आश्रित प्रति श्रद्धाञ्जली अर्पण पछि मनाईएको खुशीयाली जिल्ला तहमा मात्रै थिएन् । प्रत्येक नेताहरुलाई गाउँ गाउँबाट आउने र बधाई दिने फोनले यहि संकेत गर्दथ्यो कि नेताहरु भन्दा कार्यकर्ताहरु पार्टी एकताका लागि निकै आतुर रहेछन् । गाउँका चोक चोकमा गएराती अवेर सम्म  खुशीयाली नारावाजी  गरी रहेका थिए संयुक्त कार्यकर्ताहरुको भिडले ।

पार्टी एकताबारे हिजोका दुई पार्टीका प्रमुखहरु संग हामीले आज विहान धारणा  मागेका थियौं । जो यस  प्रकार रहेको छ–

लामो समय पछि को चाहना पुरा भयो: अध्यक्ष पन्त

तत्कालिन नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले लामो समय देखि  नेपालमा वाम एकताका लागि भएको प्रयास  र आम जनताको चाहना केन्द्रका दुई शिर्ष नेताद्धयः केपी ओली र प्रचण्डले पुरा गराई दिएको धारणा राखे  ।‘  ।२००६ साल पछि जसरी पुनः पार्टी एकता भएको छ यो असाध्धै सुखद पक्ष हो पन्तले भने–‘नेता ओलीले भने झै हामी एक अर्कामा विलय भएका होईनौं एक्सीजन र हाईड्रोजन मिलेर पानी भएका छौं , अव एउटै समुन्द्रमा कुन नदीको पानी कुन ? भनेर चिन्न सकिदैन । ’


अव संयुक्त पार्टीको नेतृत्व कसले ले ला त ? भन्ने प्रश्नमा उनले भने म सहित सवै सार्थीहरु सक्षम हुनुहुन्छ र आकंक्षी हुने पनि स्वभाविकै हो , अहिले नै यो वा उ भनेर भन्न सकिदैन, तिन महिना भित्रमा केन्द्रबाट के कस्तो शर्कुलर आउछ त्यही अनुसार अगाडी बढिने छ ।’

उनले आज देखि कुनै औपचारिक कार्यक्रममा अलग अलग पार्टीको तर्फबाट प्रतिनिधीत्व नगरिने बताए । हामी आज देखि औपचारिक कार्यक्रममा सल्लाह गरेर एक पार्टीको तर्फबाट प्रतिनिधीत्व गर्ने छौं ’–उनले भने ।

समाजवादमा पुग्नका लागि एकता: संयोजक कार्की

त्यस्तै साविकको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्कीले आफुहरु एक देखि अर्को पार्टीमा मिसिएको नभई समाजवादमा पुग्नका लागि एकता गरिएको धारणा राखे । पार्टी एकता पछि बैद्य, विप्लप र माओवादी केन्द्रबाटै असन्तुष्टि जाहेर गर्दै कार्यकर्ताहरु चोईटिन कत्तिको सम्भावना देख्नु हुन्छ ? भन्ने प्रश्नमा उनले गुल्मी जिल्लाको हकमा एक जना पनि नचोईटिने दावी गरे ।


‘हिजो देखि निकै उत्साह जनाउँदै थुप्रै सार्थीहरुको फोन आयो र मैले पनि गरे’– उनले भने–‘ जिल्ला स्तरमा भन्दा कार्यर्तामा निकै उत्साह छाएको पाएको छु, चोईटिने होईन  बरु हिजो चोईटिएकाहरु जोडिने सम्भावना देखेको छु ।’

एकताको भाव गाउँ गाउँ सम्म कहिले लैजानु हुन्छ त ? भन्ने प्रश्नमा आफुहरु केन्द्रिय शर्कुलर कुरेर बसेको बताए । जिल्ला स्तरमा हिजो दुई पार्टी एक भएर खुशीयाली मनाऔं , जुन खुशीयाल कार्यकर्ता संग मनाउनका लागि केन्द्रको शर्कुलर कुरेर बसेका छौं’–उनले भने ।

हिजोको माओवादी केन्द्रबाट नेतृत्वको सम्भावना बोकेको नेताहरु को हो हुनुहुन्छ त?  भन्ने प्रश्नमा उनले भने अहिले नै केहि भन्न सकिदैन ।

उनले थपे–‘म आफु संयोजक छु । म पछि ६ जना सह संयोजक हुनुहुन्छ । सवैले आकंक्षा राख्नु स्वभाविकै हो , केन्द्रले क कसलाई सिफासिर गर्छ त्यसमा भर पर्ने कुरा हो । ’

को हुन त हिजोको एमालेबाट प्रत्यासी ?

कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त पछि सशक्त  नेतृत्व छनौट गरियो भने वोमबहादुर खड्का , सोमनाथ सापकोटा, वालसिंह काउछा, जंग नेपाली, हिरा एसी गणेश श्रीपाली , जिवन खरेल, कृष्ण  घिमिरे जिल्लाको चल्तापुर्जा नाम हो ।  

नेपाली र श्रीपाली यति वेला केन्द्र सरकारका मन्त्रीहरुको स्वकिय सचिव रहेकोले उनिह आकंक्षी हुने हुन वा होईनन हेर्न बाँकी छ । पन्त र सापकोटा दुवै जनप्रतिनिधी रहेकोले जिल्ला पार्टी हाँक्न चाहन्छन कि चाहन्न ? त्यो पनि बुझ्न बाँकी छ ।

पुरानो पंक्तिबाट कमलराज श्रेष्ठ , लक्ष्मण पराजुली, टिकाराम सापकोटा सशक्त नेतृत्व हाँक्न सक्ने् नेताका रुपमा चिनिन्छन्  । माथी उल्लेखित नेताहरु मध्ये कोही सरकारी कर्मचारी त कोही   जनप्रतिनिधी भई सकेकाले नेतृत्व दावि गर्दैनन कि भन्ने  सोचमा  छन् धेरै कार्यकर्ताहरु  ।

बाँकी कुरा नैतिकताको

माथी उल्लेखित नेताहरु आफुुमा एकसेएक सक्षम छन् । तर सवाल अवसर बाँडफाँड संग जोडिएकाले नैतिकताको सवाल छ । वोमबहादुर खड्का  गुल्मेली कम्युनिष्ट आन्दोलनमा अवसर नपाएका मध्ये एक  हुन् । यद्येपि भरण पोषणका दृष्टिले पार्टीले खड्का पत्नी दिलशोभा पुनलाई समानुपातिक सांसदमा लगेर सम्वोधन गरेको छ ।

खड्का पत्नी पुनको राजनैतिक योगदानलाई हेर्ने हो भने श्रीमान श्रीमतिलाई एकै  साथ ‘घरयासी सेटल’ गरियो भनेर पार्टी उम्कीन खोज्नु गलत हुने छ । जनप्रतिनिधी भएकाहरुले यति वेला नैतिकताको छाती ईमान् दार ढंगले खोल्न जरुरी छ  ।

सिंङ्गो पार्टी चुनावी मैदानमा उत्रियो । अव ति उत्रिनेहरुलाई अवसर दिने जिम्मा  जितेकाहरुको देखिन्छ । यस हिसावले  वालसिंह काउछा, हिरा एसी, कृष्ण घिमिरे , जिवन खरेल , टिकाराम सापकोटा लगायतको दावी स्वभाविक रहन सक्छ ।

मन्त्रीका स्वकिय सचिव बनेकाहरुलाई सरकारी पद छाडेर जिल्ला नेतृत्वमा जाउँ  वा के गरुँ ? यस्तो सवाल उठेको हुन सक्छ  ।  यस्तै सवाल उठाउने र प्रत्यासी हिजोको एमाले भित्रका थुप्रै्र नेताहरु अरु पनि हुन सक्छन् । स्वकिय सचिव भएका एक नेताले यदि पार्टीले नेतत्वको जिम्मेवारी दिएमा आफुले उक्त पद् छाडेर जिल्ला फर्किने मनशाय ब्यक्त गरेका छन् ।

सिनियर नेता वालसिंहकाउछा

अहिलेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त उपाध्यक्ष हुन ।  अध्यक्ष टोमलाल पाण्डेको मृत्यु पछि  उनलाई कार्यबहाक अध्यक्ष दिईएको हो । उनि छत्रकोट गाउँपालिकाको अध्यक्ष भए पछि उनलाई  उतै भ्याई नभ्याई छ । सचिव सोमनाथ सापकोटा मुसिकोट नगरपालिकाको मेयर भई सके पछि  उतै भ्याई नभ्याई छ ।

तेश्रो वरियताका उप सचिव काउछा नै अहिले जिल्ला पार्टीमा क्रियाशिल सिनियर नेता हुन् । उनले समानुपातिक सांसदको अपेक्षा राख्दै आए पनि पार्टीले निरास पा¥यो ।  विगतमा जनजाती आन्दोलनमा कांग्रेस र एमालेका नेता माओवादी संग जोडिएर पलायन भए पनि काउछा त्यतातिर नलागेर पार्टीको नीति अनुसार अगाडी बढे ।

एक समय निर्माण ब्यवसायीका रुपमा चिनिएका काउछाले उक्त व्यवसाय समेत छोराको जिम्मा लगाएर पार्टी काममा आफुलाई सुम्दिदै आएका छन । यो उनको अन्तिम मौका हुन सक्छ ।

तत्कालिन माआवादी केन्द्रबाट को ?

सो पार्टीका ईञ्चार्ज र सह ईञ्चार्ज क्रमशः दिनेश पन्थी र सुदर्शन बराल प्रदेश सांसद र एक जना वराल मन्त्री समेत भई सकेका छन् । उनिहरुले नेतृत्व छाडे संयोजक र सह संयोजकहरु एकिकृत पार्टीको नेतृत्व दावी गर्नु स्वभाविक हो ।

जिल्ला संयोजक विरबहादुर कार्कीले अवसरका रुपमा वडाध्यक्षको टिकट पाएर  पराजित भएका थिए । सह संयोजक वुद्धिबहादुर  जिसी क्षेत्र नम्वर २ को संघिय सांसदको टिकट पाएर पनि वाम एकताका कारण छाड्न बाध्य भर्एका थिए ।

अर्का सह–संयोजक युवराज केसी चन्द्रकोट गाउँपालिकाको प्रमुखमा टिकट पाए पनि पराजित भएर बसेका छन् । अरु सह सयोजक .निमबहादुर पाण्डे  रुरु रेसुङ्गा संरक्षण तथा विकास समितिको अध्यक्ष वाहेक हरु अवसर पाएका छैनन ।

चित्रबहादुर केसी पनि पिछडा गाउँ भनेर चिनिने साविकको क्षेत्र नम्वर १ का हुन । उनले पनि अवसर पाएका छैनन् । जैसीथोकका गोपास केसी विप्लवबाट पार्टी एकिकरण गरी सह संयोजक बनेका हुन् ।

हिजोको एमाले भित्रका युवा पंक्तिमा  नेतृत्वका लागि हिजोको नेकपा माओवादी केन्द्रबाट सक्षम  नेताका रुपमा  बुद्धि जिसी र युवराज केसीको नाम बढि चर्चामा छ । ा यद्येपी हिजोका दुवै पार्टीको नेतृत्व र कार्यकर्ताले को–कसलाई एकिकृत पार्टीको नेतृत्व तहमा पठाउने हुन त्यो भने हेर्ने बाँकी छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!