गुल्मी कांग्रेस महिलाहरु विकृति विरुद्धको अभियानमा

Posted on: 21 May, 2018

प्रेम सुनार | जेठ ७, गुल्मी | ५० दिने महाअभियानको दोश्रो चरण नेपाली कांग्रेस गुल्मीले आफ्नो महिला विभिागलाई जाँड रक्सी नियन्त्रण लगायत समाजका सवै खाले विकृति विसंगती विरुद्ध परिचालन गरेको छ ।  

जातिय विभेद छुवाछुतको समाजबाट दाहसंस्कार गर्ने र गरिवीलाई नजिकबाट अध्यान गर्ने मुख्य उद्देश्य राखेको गुल्मी कांग्रेसले देशैभर चर्चा पाई रहेको बेला पाँचौ हप्तामा महिला विभिागलाई गाउँ र नगरपालिका स्तरमा सवैखाले विकृति विसंगति विरुद्ध परिचालन गरेको हो । 

महिला विभाग प्रमुख अमृता देवि कुँवरको नेतृत्वमा जिल्लाको शान्तिपुर , श्रृंगा मजुवा वामीटकसार लगायतका विभिन्न मुख्य वजार पछि आज सदरमुकाम तम्घासमा विभिन्न जनचेतान मुलक प्लेकार्ड सहित र्याली गरेर लाँकुरी मञ्चमा कोण सभा गरिएको थियो । कोण सभामा महिला विभाग प्रमुख प्रमुख कुँवरले आफुहरु समाज सुधारको पक्षमा  सक्रिय हुँदै आएको र विशेष गरी सवै खाले विभेद र विकृति विसंगतीको अन्त्य गरेरै छाड्ने उद्घोष गरेकी थिएन् । 

सभामा जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता थियो भने विभिन्न नेता नेतृत्वको पनि आतिथ्यता रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!