कांग्रेस मुसिकोट नगर सभापतिद्वारा आफ्नै सचिवलाई निर्घात कुटपिट

Posted on: 23 May, 2018

प्रेम सुनार/जेठ ९ गुल्मी। स्थानियवासीका अनुसार नेपाली कांग्रेस गुल्मीका मुसिकोट नगर सभापति सुदर्शन शाक्य बन्धुहरुको दादागिरीले स्यवम आफ्नै कार्यकर्ता समेत असुरक्षित हुँदै आएका छन् ।


केहि दिन अघि  वामी टक्सार बजारममा एक दलित र उनकी श्रीमतिलाई निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै  फेरी उनै सभापति शाक्य र उनका भाईहरु संसार र सन्तोष शाक्य मिलेर आफ्नै पार्टीका नगर सचिव ४६ वर्षिय खगेश्वर सापकोटालाई आज विहान मरणाशन्य हुने गरी कुटपिट गरेका छन् ।

रुद्रवेणी वामीटक्सार सडक खण्ड विस्तार गर्ने क्रममा सडक विभागले सापकोटाको खेतको रुख ढलाएको थियो । उनको उक्त रुख शाक्यको खेतमा ढलेको थियो । उक्त रुख छिटो नहटाएको रिस ईवी साँधेका सभापति शाक्यले सापकोटा संग वात–विवाद गरेको र केहि वेर पछि आफ्ना दुई भाईहरुलाई बोलाई तिन जना मिलेर आफुलाई निर्घात कुटेको घाईते सापकोटाले बताए ।

स्थानिय तहमा उपचार हुन नसकी उनलाई अहिले केहि वेर अघि वामीटकसर प्रहरीले जिल्ला अस्पताल गुल्मी ल्याई पुराएको छ । वामीटक्सार प्रहरी चौकीमा मिलाउन नसकि उनलाई जिल्ला प्रहरी कार्यालयमा समेत ल्याईएको प्रहरीले जनाएको छ ।

घाईते सापकोटाको दुवै आँखा, नाक  र मुखमा निला डाम छन भने शरिरका विभिन्न भागमा  लात्ती मुड्कीको असर स्पष्ट देख्न सकिन्छ ।  जसलाई सभापति शाक्य भन्छन मलाई कुट्ने क्रममा उ लडेर ढुङ्गामा ठोक्कीएर त्यस्तो भएको हो ।

उनले भने–‘ उसको रुख ढलेर मेरो खेतमा रहेको छ । मैले मकै छर्न पाएको छैन, रुख हटाउ छिटो भनेर राम्रो मुखले भन्दा उसले मलाई हातपातको प्रयास ग¥यो त्यस पछि मात्र मैले भाईहरुलाई बोलाएको हुँ । ’

घुचडा घुचड भएको हो, त्यस क्रममा उ ढुृङ्गामा ठोकिएको हो शाक्यले थपे धेरै कुटिएको होईन, शाक्यले भने उ मेरै पार्टीको  नगर सचिव हो , मैले हेर  वावु म तेरो वावु सरहको मान्छे हुँ भन्दा एँ, तँ कसरी मेरो वाउ भईस ?  भन्दै निहुँ खोजे पछि मैले भाईहरुलाई बोलाउनु परेको हो । ’

चार महिना अघि वामीटक्सार वसपार्कमा गाडी चढ्न ढिला आएको रिसमा उनै शाक्य बन्धुहरुले मुसिकोट ८ , वामी मैदानका वावुराम परियार र उनकी श्रीमतिलाई निर्घात कुटेर अहिले सापकोटालाई जतिकै घाईते बनाउँदा पनि सभापति सापकोटाले  परियार जाँड खाएर जथाभावी वोलेको र सामन्य लछार पछार मात्रै भएको बताएका थिए ।

पछि भने आफुहरुले कुटपिट गरेको स्वीकार गर्दै अव त्यस्तो कार्य नगर्ने भन्दै कागज पत्र गरी उपचार खर्च ब्यहोरेका थिए । त्यसको चार महिना पनि नवित्दै अर्का ब्यक्ति त्यो पनि आफ्नै पार्टीको नगर सचिव कुटिनुले शाक्य बन्धुहरुबाट वामीवासी आतंकित हुँदै आएको स्थानिय समाज सेवीहरु बताउँ छन् ।

कुटिएका सापकोटा २०६३ साल देखि खिल्ध्वज पन्थी  अध्यक्षमा निर्वाचित नहुने वेला सम्म नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत थिए । उनि  पछिल्लो चरण काठमाण्डौंमा अस्थाई वसोवास गर्ने भएकोले गुल्मी कांग्रेसको ५० दिने महाअभियानमा भने खटिएका थिएनन् ।

घर बनाउका लागि केहि दिन अघि घर आएकोले पार्टीको महाअभियानमा सक्रिय हुन सकिन र पनि  नेपाली कांग्रेस प्रति पुर्ण समर्पित कार्यकर्ता हुँ तर नेता बाटै यसरी कुटिनु पर्यो’–सापकोटाले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!