गुल्मीका सचिव कुट्ने कांग्रेस सभापतिले आफ्नो गल्ती स्वीकार गर्दै जरिवाना दिए

Posted on: 24 May, 2018

प्रेम सुनार/जेठ १० गुल्मी ।  हिजो विहान आफ्नै पार्टीको सचिव कुट्ने  नेपाली कांग्रेस मुसिकोट नगर सभापति सुदर्शन शाक्यले गल्ती स्वीकार गर्दै  उपचार गर्च सहित  मुसिकोट नगर कार्यसमितिका सचिव खगेश्वर सापकोटालाई हिजो विहान करिव ८ वजेको समयमा सभापति शाक्य, उनका भाईहरु संसार   र सन्तोष शाक्य सहित  तिन भाई  पुगेर सापकोटालाई घरबाटै थुतेर कुटेका थिए ।

हिजै वामीटक्सारबाट थप उपचार र न्यायका लागि सदरमुकाम तम्घास आएका सापकोटाले जिल्ला प्रहरी कायालय गुल्मीमा उजुरी दिएका थिए । सोही अनुरुप हिजै देखि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा मिलाउने  प्रयास भएको थियो ।  श्रोतका अनुसार जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले नगरसभापति शाक्यलाई थुर्न–थुरेका थिए । त्यस वेला शाक्यले मैले गर्नै नहुने गल्ती गरेछु , एक पटकलाई माफ गर्नु भनेका थिए ।  

जवाफमा सापकोटाले त्यसो भए  भिडियो खिचेर सार्वाजानिक मिडियामा जाने गरी ५० चोटी कान समातेर उठवस गर्नुस भनेका थिए । शाक्य भन्छन त्यसरी भिडियोमा खिच्ने गरी शाक्यले नमाने पछि आज जिल्ला प्रहरीमा गल्ती स्वीकार गर्दै ५० हजार जरिवाना, तत्कालको उपचारका लागि २५ हजार र थप उपचार खर्च ब्यहोर्ने गरी मिलापत्र गरिएको हो ।  घाईते सापकोटाले थपे–‘ त्यो ५० हजार जरिवाना रकम मैले लिन चाहिन ,  त्यस रकम वरावरको  प्रोजेक्टर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा  खरिद गर्नका लागि दिएको छु ।’

मिलापत्रमा शाक्य बन्धुहरुको तर्फबाट भनिएको छ –‘एउटा सानो कुरामा अञ्जानबस गल्ती भएको र आगमी दिनमा  यस्तो  गल्ती गर्ने छैनौं । ’  सापकोटाले कोही शरण पर्न आउँछ भने आफु मरण हुन नहुने भावना अनुसार आफुले सार्वजानिक अपराधको मुद्धा दर्ता नगराई मिलापत्र गरिएको बतााए ।

अघिल्लो अधिवेशनबाट नगर सचिव भएका सापकोटालाई  तपाई कसरी सचिव हुनु भयो ? भनेर कांग्रेस नेताहरुले भनिरहँदा सापकोटाले चोटिलो जवाफ दिदै भनेका थिए–‘ म अधिवेशनबाट निर्वाचित सचिव, मैले  त्यो पदबाट राजिनामा दिएको वा   मागेको छु ? मलाई पार्टीको विद्यान अनुसार अधिवेशनले फाल्नु पर्छ वा मैले राजिनामा दिनु पर्छ कि त विद्यान अनुसार नै पार्टीले फाल्न सक्नु पर्छ  , खै मलाई कसले हटायो ? म अधिवेशन नभए सम्म मुसिकोट नगरको पार्टी सचिव नै छु । ’

उनी २०६३ ÷०४६ साल सम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत रहेका थिए । 

शाक्य बन्धुहरुले चार महिना अघि पनि वामी मैदानका वावुराम परियार र उनकी पत्नीलाई पनि निर्घात कुटपिट गरी करिव ५० हजार तिर्दै आयन्दा यस्तो गल्ती नगर्ने भन्दै मिलापत्र गरेका थिए । तर त्यो घटना सेलाउन नपाउँदै फेरी  अर्को दोहराएका छन् ।

आगमी दिनमा पनि उनिहरुबाट  यस्तै खाले घटना दोहरिए वामीवासी जनता स्वतःस्र्फुत रुपमा प्रतिवादमा उत्रिने चेतावानी मुकिोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले दिएका छन् । ‘जनता हिजै प्रतिवादमा उत्रिने खोजेका थिए’–काफ्लेले भने–‘हामीले राकेर मात्रै हो, आगमी दिनमा उहाँहरुबाट त्यस्तो घटना दोहरिए हामी रोक्न सक्ने छैनौं , उहाँहरुलाई यो अन्तिम मौका हो । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!