राष्ट्रिय राजनीतिमा गुल्मीका खम्वा नेताहरुको चर्चा–परिचर्चा

Posted on: 09 Jun, 2018

प्रेम सुनार | जेठ २६, गुल्मी | वहुप्रतिक्षित र आलोचित समेत रहेको गुल्मीको रेसुङ्गा विमान स्थलमा तरा एअरको जहाजको सफल परिक्षण उडान गरिए पछि हामीले त्यहाँ पुगेका विभिन्न व्यक्तिहरु संग प्रतिकृया मागेका थियौं ।  अधिकांसले नेकपाका नेता तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको खुलेर प्रशंसा गरे ।

नेपाली राजनीतिमा जति सुकै राम्रो काम गरेपनि विपक्षी राजनैतिक दलले त्यसलाई नकरात्मक रुपमा ध्वज्जी उडाउने परम्परा छ । तर नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले दुरगामी महत्व राख्ने रेसुङ्गा विमान स्थलका लागि गरिएको परिकल्पना र यहाँका राजनैतिक दलले साविकको जिल्ला विकास समितिमा छँदा गरेको साझा प्रयासको निकै चर्चा गरे ।

सो पार्टीका रेसुङ्गा नगर सभापति छवि पाण्डेले रेसुङ्गा विमान स्थल दुरगामी महत्व राख्ने र त्यसले गुल्मी जिल्लाको विकासमा कोशेढुङ्गा सावित हुने प्रतिकृया दिए । उनले हिजो नेता प्रदिपकुमार ज्ञवाली लगायतले चर्चा गरेको  रेसुङ्गामा केवुलकार सञ्चालन गर्ने विषय पनि यस जिल्लाको समृद्धिका लागि  अर्को कोशेढुङ्गा हुने बताए । उनले भने–‘  केवुलकार सञ्चालन गर्ने विषण्मा जहाँ सम्म जमिनको समास्या छ , हामी सवै साझा ढंगले छलफलमा बस्यौं भने त्यो समधान गर्न  सकिन्छ । ’


उनले २०७० सालको निर्वाचन पछि नेता चन्द्र भण्डारीले अगाडी बढाएको सालझण्डी खज्र्याङ्ग सिमिचौर हुँदै तम्घास जोड्ने मोटरबाटो पनि दुरगामी महत्व राख्ने विकास निर्माण भएको बताए । तर त्यही वाटोको महत्व नबुझेर त्यसै सिमिचौरवासीले कुनै राजनैतिक दलको उक्साहटमा गरेको  विगतमा गरेको अवरोध उनैका लागि ठुलो घाटा हुने छ’–उनले           भने ।

त्यस विमान स्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले रेसुङ्गा विमान स्थलका परिकल्पनाकार नेता ज्ञवाली  रहेको बताउँदै  अगामी दिनमा त्यसलाई सम्पन्न उनि सहितका  सवै दलका नेताहरुको ध्यानकृष्ट गराए ।

धेरैले सपना जस्तो ठानेको रेसुङ्गा विमान स्थलमा जहाज ओराल्ने सपना साकार पार्ने नेता प्रदिप ज्ञवाली नै हुन ।  २०६३ साल देखि उनि आफैले पर्यटन तथा नागरिक उड्यन मन्त्री हुँदा पारेको योजना विचमा उनले चुनाव हारे पछि अलपत्र पर्दा ब्यापक आलोचना अर्थात अपजस भरी उनैले लिए । अहिले जस लिने हकदार कोही छ भने उनै हुन । तर पनि उनले आफैले गरेको भनेर कुनै विकास निर्माणमा दावी गर्दैनन । उनले त्यसको जस पुरै गुल्मेली, र विशेष गरी सिमिचौवासीलाई जाने भन्दै सवैलाई बधाई र धन्वाद दिए ।

उनको त्यो महानता हो । विगतमा उनि विरुद्ध थुप्रै आलोचना र फेशवुकवाजी भए । त्यस विमान स्थल माथी उड्ने काग र चिलहरुको फोटो वेशवुकमा राखेर ब्याङ्ग गरियो । तर उनले काम गर्ने समय पाए, पाएनन भनेर समिक्षा गरिएन ।

उनले २०६४ को निर्वाचनमा विजयी भई  थप रकम पारेर काम अगाडी बढेकै थियो । जव २०७० को चुनाव हारे उनले त्यस पछि त्यो योजनामा काग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको नजर परेन । त्यस विमान स्थल वाहेक उनको कार्याकालमा अरु  विकास कार्य राम्रै भएको हो ।

रेसुङ्गा विमान स्थलमा भने उनले सांसद विकास कोषबाट समेत एक पैसा त्यसलाई दिएनन । त्यो विमान स्थलमा सौतेलो नजर परेकै कारण ढिला भएको हो । उनको कार्यकालमा रोकिए पनि  त्यो विमान स्थल अन्यत्र भन्दा छिटो परिक्षण उडान भएको विमानस्थल हो ।

देशका ५२ औं विमान स्थल मध्ये रेसुङ्गा विमान काम सुरु गरेको सवै भन्दा छिडो परिक्षण उडान भएको विमान स्थल हो भने नागरिक उड्यन प्राधिकरणका समिर गौतमले नै हिजो भनेका थिए । एउटा विमान स्थलमा परिक्षण उडान गर्न ३२ वर्ष सम्म लागेको उनको भनाई थियो ।

समिचौरकी ७४ वर्षिया भुमिकला पाण्डले सपना जस्तै लागेर हो कि होईन भन्दै विहानै उठेर हेर्न आएको बताईन । ‘विहान सात वजे उकालो लागेकी हुँ जहाज साच्चै होईन होईच की भनेर , आत्तिदै हिड्दा मोवाई पनि विर्सीचु ’–उनले भनिन–‘ छोरालाई भेटन् यहिबाट जाहजमा चढेर काठमाण्डौं जाम कि भने थिएँ तर विचाँ केहि भयो भने फोन छैन, लापत्ता हुन्छु कि जस्तो लाग्छ । ’

उनि सहित जहाज हेर्नका लागि आएका अधिकांस मानिसहरुले नेता ज्ञवालीको कार्यशैलीको तारिफ गरे ।  रेसुङ्गा विमान स्थल नियमित सञ्चालनमा आएपछि छिमेकी जिल्ला सहित देशका विभिन्न स्थानमा मानिसहरुको आवत जावत ह्वात्तै पढ्ने निश्चित छ ।

त्यस्तै नेता ज्ञवालीले अगाडी सारेको रेसुङ्गामा केवुलकार सञ्चालन र  रिडीमा जलाशायको अवधारण सफल भयो भने गुल्मी जिल्ला पोखरामय हुने छ ।  त्यस्तै नेता ज्ञवालीले कालिगण्डकी कोरिडोरमा जुन अवधारणा लिएर काम तिव्र रुपमा अगाडी बढेको छ । त्यसले अहिले देखि नै प्रभावका किरणहरु देखा परी सकेका छन् ।

चिन मुस्ताङ्ग, गुल्मी हुँदै भारत जोडिने कालिगण्डकी कोरिडोरले गुल्मीको रिडी जिल्लाको सवै भन्दा ठुलो ब्यापारिक केन्द्र बन्दै जाने छ । त्यस माथी पोखरा स्याङ्गजा हुँदै अर्घाखाँची प्युठान र दाङ्ग सम्म जोड्ने सडक सञ्जालले खज्र्याङ्ग दोश्रो ठुलो ब्यापारिक केन्द्र बन्ने छ ।

सुनसान हुने संकेत देखा परेको सदरमुकाम तम्घासलाई गुल्मीका दुई मन्त्रीद्धयः ज्ञवाली र गोकर्ण विष्टको अवधारणमा यसपालीको वजेट भाषणमा मदन भण्डारी लोकमार्ग परियो त्यसले सदरमुकामको भविश्य उज्वल हुने छ ।

रिडी रुद्रवेणी वामीटकसर सडक विस्तारमा गत वर्ष ठुलो रकम पारेका ज्ञवालीले  विकासमा सानो तिनो कुरामा आँखा नलगाउने र प्रचार वाजी पनि गर्न रुचाउँदैनन् ।  दुरगामी महत्व राख्ने ठुला योजनामा उनको पहललाई सवैले  प्रशंसा गर्नै  पर्दछ ।  यस अघि उनले सांसद जितको द्धन्द्धकालमा हो ।

जुन वेला विकास कार्य देशैभर ठप्प थियो । काम गर्ने वातरवण थिएन । यद्यपि उनको कार्यकालमा तान्सेन तम्घास सडक खण्ड पिच भएकै हो ।  सुख्खा डाँडाहरुमा आकाशे पानी घैटा नार्डेक मार्फत बनाईएको थियो । थुप्रै विद्यालयको स्तरोन्नती देखि कैयौं सडक सञ्जाल बनेका थिए ।

सामन्य पुल , खाने पानी योजना र सामन्य एकादुई सडक  सञ्चालहरुलाई प्रचारवाजी गर्नु भन्दा दिर्घकालिन रुपमा जनतालाई प्रत्यक्ष प्रभावित पार्ने यस्ता ठुला योजनाहरुको अवधारणा ल्याउने तर्फ नेताहरुको सोच जान जरुरी छ ।

अर्का नेता गोकर्ण विष्टको पनि अमरपुरको राङ्गदालमा अन्तराष्ट्रिय स्तरको रंगशाला , तम्घास सिमलटारी प्युठान सम्मको सडकको स्तरोन्नती र अन्य केहि ठुला योजनाहरु पारेका छन । ति पनि दुरुगामी महत्व  राख्ने योजनाहरु हुन ।  

साविकको क्षेत्र नम्वर २ को तुलनामा क्षेत्र नम्वर ३ विकट हो । जहाँ अहिले वडा स्तर सम्म सडक सञ्जाल छ ।  तम्घास रातडाँडा ईन्द्रगौंडा , राक्से पौदी अमराई , ईस्मा , रातडाँडा , मुसिकोट हुँदै नेटा दर्लिङ्ग सम्मको सडक स्तरोन्नती,  नेता विष्टको पछिल्लो निर्वाचन पछिका  कामहरु हुन ।  विद्युतमा सवैतिर एकै साथ स्टील पोल गाड्ने काम धमाधम सुरु भई रहेको छ । सिमलटारीमा शव स्टेशन राखिदै छ ।

केन्द्रिय राजनीतिमा खम्वा नेताको हैसियत जमाएका यी दुई नेता गुल्मीका लागि आशा र भरोसाको केन्द्र हुन् । त्यस्तै कांग्रेस नेता चन्द्र भण्डारी, चन्द्र केसी , भुवन श्रेष्ठ  , खिलध्वज पन्थी लगायत  र  तत्कालिन माओवादी नेता सुदर्शन वराल , दिनेश पन्थी ,  विरबहादुर कार्की , युवराज केसी, बुद्धि जिसी ,मनिराम ज्ञवाली , तत्कालिन एमाले नेता कमलराज श्रेष्ठ , वालसिंह काउछा , जंग नेपाली , हिरा एसी,  गणेश श्रीपाली, हिमाल श्रेष्ठ लगायतका उदयीमान नेताहरु  पनि अव यस्तो प्रचारवाजीमा नलागेर नेताद्धय ज्ञवाली र विष्टले झै दुरगामी विकासमा लाग्न जरुरी छ ।  

उदियामान युवा नेताहरुमा कांग्रेसबाट भगतसिंह खड्का, सुदर्शन खनाल , भलविन्द्र पाण्डेय , धर्मराज पाण्डेय, लगायलाई देख्न सकिन्छ । तत्कानि एमालेबाट  ओम कार्की , राजेन्द्र विक्रम कुँवर, माओवादीबाट यदु ज्ञवाली , घनश्याम खरेल,  एमालेबाट श्रीराम महत लगायतका दर्जनौ विद्यार्थी नेता भविश्यमा आफुलाई केन्द्रिय राजनीतका हँस्ती  ज्ञवाली  , विष्ट  र कांग्रेस नेता भण्डारीका उत्तराधिकारीका रुपमा आफुलाई उभ्याउँदै लैजान आबश्यक छ ।

समग्रमा राज्यका सवैतहको कर्मचारी तन्त्रमा गुल्मेलीहरु कै पहुँच , राजनैतिक क्षेत्रमा पनि त्यति कै पकड गुल्मेलीहरुका लागि शान र समृद्धिको ढोका हुन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!