नेकपा गुल्मीद्वारा श्रद्धञ्जलि सभा

Posted on: 28 Feb, 2019

लक्ष्मी अर्याल | फागुन १७, गुल्मी | नेपाल कम्युनिष्ट पाटी नेकपा गुल्मीले बिहिबार श्रद्धञ्जलि सभा गरेको छ । फागुन १५ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रबिन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा मुत्यु भएको थियो । 

देशको एक कर्मठ ब्याक्तित्व गुमाउनु पर्दा अपुरणीय क्षती पुगेको नेकपा गुल्मीले जनाएको छ । श्रद्धञ्जली सभामा नेकपा गुल्मीका पदाधीकारीहरु , जनबर्गिय संगठनहरु एबम नेकपा सर्मथकहरुको उपस्थिती रहेको थियो । श्रद्धञ्जली सभा नेकपा गुल्मीको पाटी कार्यलयमा गरिएको हो ।मन्त्री अधिकारीको निधनमा पार्टी कार्यलयमा रहेको झन्डा आधा झुकाउने र आजबाट तिन दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने नेकपा गुल्मीले जनाएकको छ । 

पार्टी कार्यलयमा फोटो सहित शोक पुस्तिका राखिने र शोक सभाहरु गरिने नेकपा गुल्मी जिल्ला कार्यदल सदस्य बालसिंह काउछा र सदस्य बुद्धि जिसिद्धारा शोक बक्तव्यमा उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!