नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ: कोइराला

Posted on: 01 Mar, 2019

लक्ष्मी अर्याल । फागुन १७, गुल्मी ।  नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले सो कुरा वताएका हुन् । नेपाल सनातन वैदिक धर्मको भूमि भन्दै नेपाल धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र हुनुपर्ने वताएका हुन् । 

डा. कोइरालाले  “धर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ, र सवैको चाहनामा हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ।” वि.पि. पुत्र समेत रहेका डा. शशांकले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले होली वाइन पिउँदा समेत धार्मिक गुरुहरु नवोलेको भन्दै नेपालमा धार्मिक अतिक्रम भैरहेको आरोप लगाए ।  केहि धर्मको नाम लिँदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन आग्रह गरे ।  आफूले वि.पि.को पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने उद्घोष समेत गरे ।

विद्यालयमा प्राविधिक शिक्षा अन्र्तगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिएका छन् । कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ। हाल सम्म झण्डै ४ करोड रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।  ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!