प्रेमीकाले गर्भपतन गर्न नमानेपछि...

Posted on: 24 May, 2018

प्रेम सुनार/जेठ–१० गुल्मी। केहि महिना अघि  प्रेमीद्धारा गुल्मी र पर्वतको सिमनामा पर्ने कालिगण्डकी नदिमा हत्या गरी फालिएकी युवतीका हत्यारा प्रेमीलाई आज सर्वस्व सहित जन्म कैदको सजाएँ फैसला गरिएको छ । 

तस्वीरमा: जिवित छँदाकी कमला शर्मा र कालिगण्डकीमा फेला परेको उनको शव र पर्वत प्रहरीले सार्वजानिक गरेको हत्यारा प्रेमी विक्रम | 

२०७४ साल माघ १७ गते साँझ बाग्लुङ्ग को जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्ती निवासी २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालिगण्डकीमा फाल्ने पर्वत जिल्ला विहादी गाउँपालिका वडा नम्वर २ का २३ वर्षिय विक्रम भनेर चिनिने प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको त्यहाँको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै शर्माको अस्मीता संग खेलबाड गर्दै आएका विक्रमले प्रेमीका शर्माले गर्भपतन गराउन नमाने पछि कालिगण्डकी नदिमा हत्या गरी फालेको उति वेलै स्वीकार गरेका थिए ।  माघ ५ गते गुल्मीको पुर्तिघाट वजारमा गुम्न आउँ भन्दै बोलाएर हिडेकी शर्मा घरमा पेट दुखेको छ औषधी खान जान्छु भन्दै हिडेको र अलि तल पर्ने  एक मेडिकलमा उनले स्वास्थ्य परिक्षण समेत गराएको खुलेको उनका दाजु रामप्रसाद शर्माले बताए ।

साँझ पख उनलाई फोन गर्दा फोन उठेको र पछि स्वीचअफ भएको थियो ।  निर्दयी प्रेमीले प्रहरीमा यस्तो वयान दिएका थिए–‘ उ संग मेरो प्रेम सम्वन्ध थियो । माघ ५ गते साँझ ६ वजे तिर पर्वत र गुल्मी जोड्ने वउर पुल पारीको खेतमा हाम्रो भेट भयो ।उताबाट पार गरेर पारी खेतमा गएर बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनेर भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ ।  उनले मान्दै मानिन् । त्यस पछि हाम्रो बेस्सरी झगडा भयो ।, मेरो पालो म फँस्ने भएँ , विवाह गर्न पर्ने भयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सके पछि लतार्दै त्यही पुलमा लगे तल खोलामा फालि दिएको हुँ । ’

उनले थपेका छन –‘ उनले मलाई नमार्नुस्, म तपाईकी हुन चाहन्छु भन्दै हात जोडेर अनन्य विनय समेत गरेकी थिईन तर उसलाई विवाह गर्न नचाहेकै हुँदा मार्नु शिवाय अर्को विकल्प देखिन र मारेको हुँ ।  ’  कमला त्यस घरकी एक मात्र छोरी थिईन् ।  छिस्तीको  जनकल्याण उच्च माविमा कक्षा १२ मा पढ्ने कमलालाई चितवन बस्ने विक्रमले फोन मार्फत पटाएको बुझिन आएको छ । ति निर्दयी प्रेमी कै खातिर अन्यत्रबाट केटा माग्न आउँदा पनि कमलाले अस्वीकार गर्दै आई रहेकी थिईन् । 

  पेटमा  गर्भ रहेको थाह पाए पछि उसै संग रंगिन सपनाको दुनियामा रमाएकी शर्माले त्यसरी ज्यान लेलान भन्ने कल्पना समेत गर्न नसकेको दिनैभर उनि संग दहल फसलले स्पष्ट पारेको छ । एक मात्र छोरी अर्कैको हातबाट मारिदा उनको परिवारका आँखा अझै ओभएका छैनन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!