मेयर ज्यु, पिसाव फेर्न त पाउँ... !

Posted on: 13 Jun, 2018

प्रेम सुनार/जेठ–२९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका भित्र रहेको सदरमुकाम तम्घास वजार भित्र यहाँका मेयर डिल्लीराज भुसालले ‘नो पार्कीङ्ग’ कार्यक्रम घोषणा गरेका छन् । यस कार्यक्रमले वजारमा भई रहने सडक जाममा राम्रो सुधार देखिएका छ तर कतिपय व्यवहारिक पक्षमा भने सम्वन्धित निकायको दृष्टी पुग्न जरुरी देखिएको छ ।

बढि मात्रमा ‘नो पार्किङ्ग’ को असर साना व्यवसायी र सर्वसधारणलाई परेको छ भने ठुलालाई जे गरे पनि भएको छ । ठुला व्यापारिहरुले दिनैभर आफ्नो पसल अगाडी मालबाहक ट्रकहरुमा सामानहरु लोड–अनलोड गरेर सडक जाम गरी रहेका छन् ।

t:jL/ tf]lsPsf] ;do eGbf afx]s tD3f; jhf/df 6«sn] kf/]sf] ;8s hfd cfkm} af]N5

ट्राफिक प्रहरी प्रमुख डोरबहादुर थापा भन्छन् –‘ तिनै ठुला भनाउँदाहरुले  जे गरे पनि हुने , उनिहरुले ब्यपार गरिरहने , पसल अगाडी गाडी जाम गरिरहने भएकै कारण हामीले रेसुङ्गा नगरपालिकालाई नो पार्किङ्गको अवधारणा पेश गरेका हौ , मालवाहक ट्रकहरुका लागि सिमित समय तोकिएको छ ,  त्यो समय बाहे हामीले देखे छाड्दैनौ, हाम्रो आँखा छलेर अझै पनि मन परी गरेको भए सुचित गर्नु होला । ’

उनले मालबाहक ट्रकहरुले विहान ९ देखि ११ वजे सम्म र दिउँसो ३ देखि ५ वजे सम्म सामानहरु  लोड अनलोड गर्न नपाईने बताए ।  तर हिजो मात्र तम्घास बजारमा सो समय वाहेकको समयमा ट्रकहरु रोकिएका थिए । धेरै वेर जाम भएको थियो । मोटर साईकलहरु तेकिएको पार्किङ्ग स्थानमा जान नसकेर हैरान थिए ।

ट्रक व्यवसायी स्रघ गुल्मीका अध्यक्ष समेत रहेका मेयर डिल्लीराज भुसाललाई ईङ्गित  गर्दै ट्रकका कारण जाममा परेका मोटरसाईकलवालाहरु भन्दै थिए–‘मेयरका ट्रकहरुलाई भने जति वेला पनि फ्रि हामी मोटरसाईकलवालाई भने बाटोमा पिसाव फेर्न पनि गाह्रो ? ’

व्यवहारिक रुपमा हेर्ने हो भने मेयर भुसालको घरमा  जो कोही भेट्न आई रहने कुरा स्वभाविक हो । उनका घर अगाडी गाडी रोकि रहेका फोटाहरु दिनहुँ फेशवुकमा पोष्ट गरिरहेका छन् । उनैका घर नजिकै रेडियो रेसुङ्गा र रेसुङ्गा टेलिभिजन छ । यी दुई सञ्चार माध्यममा पनि मानिसहरु आई रहने, छिन मै सञ्चारकर्मीहरु भित्र पस्ने र जाने भई रहन्छ ।

यी दुई सञ्चार माध्यमका सञ्चारकर्मीहरु   भित्र   आएर क्यामेरा झिकेर फर्किने वेलासम्म पनि अगाडी मोटर साईकल  टेकाउन पाउँदैनन भने त्यो अब्यवारिक हुन जान्छ । यसको उदाहरण सवैका लागि हो ।

कार्यालय समयभर मोटर साईकल सडकमा राख्ने कर्मचारी,  र दिनैभर पसल अगाडी मोटर साईकल राख्ने ब्यापारिहरुका लागि यो कार्यक्रम सह्रायिन छ । तर  वजार गर्न आएका मानिसहरु , केहि वेर होटलमा भात खान आएका ग्राहकहरुलाई त्यतिञ्जेल मोटर साईकल जाम नहुने गरी रोक्न दिनु पर्ने आवश्यकता देखिएको छ ।

यो कार्यक्रम लागु गरिए देखि ब्यापारहरु मुख्य बजारमा कम हुन थालेको गुनासो ब्यापारिहरुले गरेका छन् । सोमवार दिउँसो पुतली वजारमा फलफुल किन्न आएका  एक ब्यक्ति त्यहाँ फार्किङ्ग समस्याले अलि पर मिलन चोकमा पुगे । त्यहाँको पसल अगाडी पार्किङ्ग गरेर ५ सयको फलफुल किनेका उनले बढिमा १५ मिनेटको अवधीमा  ट्राफिकबाट १ हजार जरीवाना तिरेको गुनासो गरे ।

यसरी ५ सयको सर–समान किन्दा एक हजार जरीवाना तिर्नु पर्छ भने किन तम्घास बजारमा किन्ने अन्यै गएर किने भई हाल्यो नि भन्ने मानसिकता सिर्जना हुदै जाँदा यहाँका ब्यवसायीहरु पलायन हुँदै जाने छन् । स्थानिय सरकार बनेपछि त्यसै त टाट पल्टी सकेका यहाँका ब्यवसायीहरु नो पार्किङ्गको अतिले ठुलो मर्कामा छन् ।

त्यस्तै दिनभरी सडक छेउछाउँमा गरिवीको विस्कुन सुकाउँदै बसेका नाङ्गला ब्यापारिहरुको ब्यवस्थापन पनि गर्नै पर्छ ।  गरिवी देशैभरको समस्या हो , उनिहरुलाई निश्चित  स्थानमा राखिनु पर्छ । यसवारे मेयर भुसालको ध्यानकृष्ट गराउँदा उनिहरुका लागि छिट्टै निश्चित ठाउँमा ब्यवस्थान गर्ने तयारी थालेको बताए ।

उनले पार्किङ्गका वारेमा पनि केहि वेरका लागि  ब्यवहारिक पक्षलाई पनि हेरिने बताए । हेलमेट संगै छ,  एकैछिन मात्र हो भने जरिवाना गर्न नहुने धारणा राखे । तपाई ट्रक ब्यवसायीहरुको अध्यक्ष पनि भएकोले त्यही भएर ट्रकहरुको मनपरी हटेन भन्ने गुनासो छ  छ नि ? भन्ने प्रश्नमा उनले भने –‘अलि पहिल्लै हो म अध्यक्ष भएको अहिले त्यो समिति निष्कृय छ ।’

उनले ल्याएको यो कार्यक्रमलाई नकरात्क भन्दा पनि  सवैको सकरात्क सुझाव र सहयोगको खाँचो छ । वजार अहिले खुल्ला र सफा देखिन्छ । तर कतिपय कालो मन भएका ब्यापारिहरुले अझै पनि आफ्नो पसल भन्दा अगाडीको सार्वजानिक जमिन ओगटेर ब्यापार गरी रहेका छन् ।

धेरैले सार्वाजानिक जमिन ओगटेर घर बनाई रहेका छन् ।  वडा नम्वर ९ का वडाध्यक्ष नारायण वरालले  एक ब्यक्तिले तम्घासको खोला माथी  बनाउँदै गरेका  घर मालिकलाई त्यसरी सार्वजानिक जमिनमा नबनाउन रोक्न आग्रह गरे  ।

तर उनलाई बाघलाई नटेर्ने ब्यक्तिका सामु श्याल जस्तै ठानियो । उनले आफुले नसकेर नगरपालिकालाई सिफारिस गरेको गुनासो गरे । मेयरलाई  सवैको  यस्तो प्रश्न छ–‘ सडकमा एक छिन गाडी रोकेर पिसाव फेर्न जाँदा त जरीवाना गराईन्छ भने तपाई कै आँखा अगाडी र तपाईकै हेलमेलमा रहेका मान्छेले सार्वजानिक जमिनमा घर बनाउँदा के हेरेर  वस्नु भएको छ ?

विगतमा सिडियोले नसकेको काम हामी गछौं भन्ने तपाईले अव त्यो चुनौतीको सामना गर्नेकी नगर्ने ?  त्यस्तै ति ठुला भनाउँदा ब्यापारिहरुले आफ्नो स्वार्थका लागि मनपरी राखेको ब्रेकर हटाउने कि नहटाउने ? पिच गरेको सडकमा ब्रेकर राख्न पाईदैन भन्छन ट्राफिक प्रमुख थापा । त्यस्तो नियम नमान्ने यहाँका ब्यापारि को हुन ? कृपया सर्वसाधरणको यो सवालको सम्वोधन तत्काल गर्नु होला ।

फेरी पनि सवैको यो प्रश्न दोहराउ छौ कि मेयर ज्यु, एक छिन मोटर साईकललाई रोकेर पिसाव फेर्न त पाउँ र गर्ने नै हो भने पहिला सार्वजानिक जमिनमा बनेका घरहरु हटाऔं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!