रोगी माटोले औषधी–उपचार पाउने, गाई भैसीले फेरी सुत्केरी भत्ता

Posted on: 21 Jun, 2018

प्रेम सुनार | असार ७, गुल्मी | बुधवार धुर्कोट गाउँपालिकाले सार्वजानिक गरेको नीति तथा कार्याक्रम भित्रका एका दुई अंश यति वेला देशैभर चर्चाको विषय बनेको छ । निर्जिव माटोलाई परिक्षण गर्ने र रागी पाईए उपचार गरी उत्पादन बृद्धि गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख उक्त विषयले केहि वेर सोचमग्न पार्यो ।

अहिले सम्म सजिव मान्छेले समेत आर्थिक अभावका कारण उपचार पाउन नसकेर  अकालमा मृत्यु भोग्न परिरहेको बेला धुर्कोट गाउँपालिकाले निर्जिव माटोलाई पनि उपचार गरेर उन्नत बनाउँन चाहनु ?  यसवारे दुई वटा नकरात्मक र सकरात्मक सवाल मनमा उव्जीयो । नकरात्मक सवालले भन्यो उच्च बढि महत्वकांक्षी र सस्तो लोकप्रियता । अर्को सकरात्मक मनले यस्तो सवाल उठायो सिर्जनशिल मनहरुद्धारा  रचनात्मक कार्यको सुरुवात ।

धुर्को  गाउँपालिकाको यो विषयलाई ‘ उद्देश्य के लिनु उडी  छुनु चन्द्र एक...’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता संग पनि दाँज्न सकिन्छ  ।  सकरात्मक सोच राख्नेहरुका लागि अब माटोलाई समेत औषधी उपचार गर्नु चाहनु अहिलेको प्रविधी संग जनतालाई जोड्न खोज्नु र भविश्यमा माटोलाई औषधी उपचार अनिवार्य तर समान्य जस्तै ठानिने कुरालाई अहिले देखि नै आत्मासात गरिनुलाई दुरगामी सोच मान्नु पर्छ ।

हामीलाई सम्झना छ  जिल्ला मै पहिलो पटक खरको छाना रहित धुर्कोटको उद्घोष त्यसै गाउँपालिकाले  गरेको थियो । जसलाई देशैभरका स्थानिय तहले अनुशरण गरे । अर्को कुरा अहिले सम्म दास कै ब्यवहार भोग्न बाध्य भएका कटुवालहरुलाई देश मै पहिलो पटक तलव तोक्ने त्यही धुर्कोट गाउँपालिका हो ।

ति दुई कुरा सफल पारेकोले पनि त्यसलाई सस्तो प्रचार मात्रै भनेर आलोचना गर्नु रचनात्क कार्यलाई निरुसाहित  गर्न खोज्नु ठहरिने छ । अर्को कुरा देश मै पहिलो पटक पशु चौपायलाई समेत सुत्केरी भत्ता आफैमा एउटा रोचक विषय उठायो धुर्कोट गाउँपालिकाले । भोली कार्यन्वयनको चरण कस्तो हुने हो त्यो हेर्न बाँकी नै छ तर यो विषयलाई राष्ट्रिय सञ्चार माध्यमले समेत निकै महत्व दिएर समाचार सम्पे्रषण गरेका छन् ।

अन्य स्थानिय तहको तुलनामा  विकास कार्यमा सत्ता पक्ष र कोही प्रतिपक्ष नभएको त्यस गाउँपालिकाको विशेषता हो । तत्कालिन माओवादी केन्द्रबाट प्रमुख बनेका पोखरेल, उपप्रमुख शिवबहादुर खत्री विचारका मात्रै फरक होलान तर विकास कार्यमा उनिहरुको साझा भिजन  छ ।

प्रतिपक्षका रुपमा रहेको तत्कालिन एमालेका नेता कृष्ण घिमिरे लगायतको उनका स्थानियतका नेता कार्यकर्ता पनि आफुलाई सत्ता पक्ष कै रुपमा उभाए । उनिहरु विच नीति तथा कार्याक्रम तयार पार्ने बेलामा पनि  हाल सम्म साझा सहमति जुट्यो । 

जनता प्रत्यक्ष प्रभावित हुने विषयमा कसैको त्यहाँ विमती रहेन । प्रमुख प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापा सहित त्यहाँको कर्मचारीतन्त्र पनि युवा जमात छ र केहि गरेरै देखाउँ भन्ने सोचका पाईयो ।

 जनप्रतिनिधी र  कर्मचारी विचको राम्रो तालमेल त्यहाँको एउटा उदाहरण पनि हो । नीति तथा कार्यक्रममा उल्लेख त्यस्ता रचनात्मक कुराहरुलाई कार्यन्वयन गर्न सकिए धुर्कोटको भविश्य उज्वल देखिन्छ र स्थानिय सरकारबाट जनताले गरेको अपेक्षा अवश्य पुरा हुने छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!