जापानबाट पिडितलाई एक लाख सहयोग

Posted on: 19 Jul, 2018

प्रेम सुनार/साउन–३, गुल्मी । पौदी सेभ असहाय सोसाईटी गुल्मीले छिमिकी जिल्ला अर्घाखाँचीका बाबु आमा विहिन तिन वालवालिकालाई १  लाख नगद सहयोग गरेको छ । बाबुको मृत्यु , आमाले दुई वर्षकी दुधे वालिकालाई समेत छाडेर  विचल्लीमा पारेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखराका  तिन वालवालिकालाई सहयोग हस्तान्तरण गरिएको हो । गरिएको हो ।  यहाँस्थित  रेडियो र टेलिभिजन कार्यक्रम ओझेलका खवरमा उनिहरुको विचल्लीको कथा प्रशारण भएको थियो ।  


उक्त कार्यक्रम प्रशारण भएपछि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ पौंदी अमराई घर भई जापानमा कार्यरत कृष्ण केसी लगायत सोसाईटीका सदस्यहरुले  विभिन्न मुलुकमा सहयोग संकलन अभियान जारी गरेका थिए ।

त्यस गाउँमा गतिलाबाका नामले परिचित ७० वर्षिय बृद्ध यमनारायण पोखरेलको सम्पत्तिका नाममा वास मात्रै रहेको छ । त्यही वास पनि छिमेकीले चन्दा उठाएर , जनश्रमदान गरेर बनाई दिएका थिए ।

युट्युवमा उनिहरुको विचल्लीको कथा हेरे, सुनेपछि पछि आफुहरुलाई करुणा जागेर सहयोग संकलन गरी हस्तान्तरण गर्न आएको सोसाईटीका  उपाध्यक्ष रामप्रसाद भुसालले बताए । 

देशभरका बाढि पिडित, भुकम्प पिडित लगायत विपदमा परेका कैयौ मानिसलाई आर्थिक सहयोग जुटाउँदै आएका सोसाईटीका केन्द्रिय अध्यक्ष सन्तोष  गिरी र जापान शाखा अध्यक्ष कृष्ण केसीलेले ति वालवालिकाको पठन पाठनमा सहयोग पुगोस भनेर आफुहरुले अभियान छेडेको बताउँदै सहयोगदाता सवैलाई धन्यवाद थिए ।

उक्त सहयोगी गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालकद्धारा हस्तान्तरण गरिएको थियो । पौड्यालले सहयोगदाता र सामाजिक उत्तरदायित्व बोकेको भन्दै मिडियालाई पनि धन्यवाद दिएका थिए ।

हाल सम्म ति वालवालिकालाई साढे १० लाख बरावरको सहयोग जुटेको मालारानी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष वालकृष्ण पोखरेलले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , पौदीअमराईका समाज सेवी  एवं नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति सुरेशचन्द्र भुसाल लगायतको सहभागिता थियो ।         


यस बिषयमा तपाइको प्रतिक्रिया...!