गुल्मीका एक युवाले कोरियाको मासिक २ लाख छाडेर गाउँमा दुग्ध व्यवसाय

Posted on: 02 Feb, 2017


प्रेम सुनार/माघ २०, गुल्मी । गुल्मीका एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् । 

गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका  ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । अढाई वर्ष अघि कोरियाबाट घर आएका पन्थले ६ महिना पछि उक्त डेरी खोलेका थिए । १५/२० लिटर दुध संकलनबाट डेरी सञ्चान गरेका पन्थको डेरीमा अहिले दैनिक ३ सय ५० लिटर दुध संकलन हुने गरेको छ । उक्त दुधबाट उनलले दहि पनीर , छुर्पी घिउ , कुरौनी बनाएर विभिन्न स्थानका वजारमा बेच्ने गरेका छन् ।

पन्थले भने–‘ ५ वर्ष सम्म कोरियामा मजदुर गरियो ,  फिक्सर भिसामा गए पनि पछि सिक्दै जाँदा पानी जाहजमा काम गर्न सुरु गरेको थिएँ तलव महिनाको २ लाख भन्दा बढि थियो ।  यसो घर आएर बुझे त्यतिनै मेहनत गर्ने हो भने त गाउँ मै  पनि  कमाउर्न  सकिन्छ भन्ने लागेर यो व्यवसाय  सुरु गरेको हुँ । ’

उनले अहिले मासिक ८० हजार देखि  १ लाख सम्म आम्दानी हुने गरेको बताए । ईनोभेशन च्यालेञ्ज–२०१५ को नोमिनेशनमा जिल्लाका १० उत्कृष्ट उद्यमीमा परेका पन्थले ‘ नजाऔं अव खाडीमा, खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै बारीमा ’ भन्ने अभियान सञ्चालन गरेका छन् ।


आगमी दिनमा आईसक्रिम उद्योग सञ्चालन गर्ने तयारीमा रहेका पन्थले बैदेशिक रोजगारीमा  जाने रकम  कृषि तथा पशुपालनमा लगानी गर्न सके विदेशको कमाई यहि हुने बताउँदै युवाहरुलाई वैदेशिक रोजगारमा नजान सुझाव दिन्छन् । 

जिल्लाका उत्कृष्ट युवा व्यवसायी पन्थलाई जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र अन्य  संघ संस्थाले पनि प्रोत्साहित गरेका छन् । किशानका लागि उन्नत विउ विजन कार्यक्रमले उनलाई यस वर्ष १० लाख रुपैयाँ अनुदान दिने समेत भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!