गुल्मीमा धान र कोदो स्याहार्नको चटारो

Posted on: 27 Oct, 2017

कात्तिक १०, गुल्मी ।  गुल्मी र आसपासका जिल्लाहरुमा यति वेला धान र कोदो स्याहार्नको माचो भई रहेको छ । 

हस्तीचौरको राताडाँडा नजिकैको फाँट धान पाकेर पहेँलपुर भएको भएको छ । कृषकहरु धान स्यहार्न खाली लिपेर बसेका छन । निस्तेखोलाको उपल्लो फाँट यति वेला पहेँलपुर भएको छ । मुसिकोटका भित्रि खेतहरु प्नि धानपाकेर सुन्दर देखिएको छ । उता   बढिघाट खोला वारी पारी विशेष गरी वामीटक्सारको फाँटले यति वेला थप सुन्दरता थपेको छ ।


 उता छिमेकी जिल्ला बाग्लुको न्वाँरा फाँट, खाराको फाँट र त्यो भन्दाँ माथीका फाँटमा पनि धान पाकेर पहेंलपुर भएको छ । मुसिकोट गाउँमा कोदो काट्न सुरु गरिएको छ । कोदो मुसाले  खाएर हैरान पारेको गुनासो गर्दै हुनुहुन्थ्यो एक जना कृषक महिला घर घरमा आँगन पोतेर कोदो स्याहार्ने तयारीमा छन कृषानहरु । कोदो मकै र धान खेती गुल्मीको परम्परागत खेती हो  ।

 पछिल्लो चरण यहाँका कृषकहरु परम्परागत खेती छाडेर तरकारी लगायतको व्यवसायिक खेतीमा लागेका छन् । परम्परा देखि स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने भाडगाउँका कृषकहरुले कोदो मकै रोप्ने वारीमा सुन्तला फलाउन थालेका छन् । यति वेला त्यस गाउँका सुन्ताला पाक्न थालेका छन वाटो र वेृारीभरी सुन्तालाका वोटहरुले भाँडगाउँ र उता बेँहोरो गाउँलाई सुन्दर हराभरा बनाएको छ ।

कुर्न समय कुहेर खेर जाने वेलौती ( अम्वा ) समेत त्यहाँका कृषकहरुले बजार सम्म पुराएर बेच्न थालेका छन । तरकारी र दुधबाट पनि त्यहाँका कृषकहरुले मनग्एये आम्दानी लिदै आएका छन् । 

रेसुङ्गा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी र अर्का युवा निरज मरासीनीले वार्षिक तिन चार लाख सम्मको सुन्ताला बेच्दै आएका छन् । दर्जनौ त्यहाँका कृषकले ठुलो परिमाणमा सुन्तला खेत िगर्दै आएका छन् । सन्ध्या बस्नेतको सहयोगमा 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!