गुल्मीका एक व्यक्तिले दिए ज्ञानोदय स्कुललाई १२ लाखको जग्गा

Posted on: 09 Mar, 2017

फागुन २६, गुल्मी । गुल्मीको एक विद्यालयलाई एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । 

जोहाङ–५ सातविसे निवासी समाजसेवी लक्ष्मीकान्त ढकालले सोही गाविस र वडाको रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि करिब रु १२ लाख बराबरको चार रोपनी, १५ आना, ६ दाम, २ पैसा जग्गा विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको प्रधानाध्यापक हरिप्रसाद ढकालले जानकारी दिनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!