मेरु दण्ड गुमाएर थला परेका रानालाई अमेरिकाबाट सहयोग

Posted on: 21 Nov, 2017

प्रेम सुनार/मङ्सिर ५, गुल्मी । भारतमा दुर्घटनामा परी मेरु दण्ड गुमाएर गत ८ वर्ष अघि देखि घरमा आई थला परेका गुल्मीको तुराङका मनबहादुर रानालाई अमेरिकाबाट सहयोग पठाईएको छ । 

चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ , साविकको तराङ गाविसको कुमाल गाउँका ३० वर्षिय रानालाई रेसुङ्गा नगरपालिका १ तम्घास भिमचोक निवासी एकमाया उपाध्यायका छोरा धर्मराज उपाध्यायले अमेरिकाबाट ३० हजार सहयोग रकम पठाएका हुन् । 

उनले उपल्लो तम्घासका भतिजा सुवास मरासीनी मार्फत उक्त रकम पठाएका थिए । मरासनी सहित उनिहरुको घरमा पुगी गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको रोहवरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मेरुदण्ड गुमाएका रानाको पछाडी पट्टि शरिर कुहिदै गएको छ ।  विस्तरामा कस्टकर जिवन  विताए पनि उनले विस्तारा मै जाल बुनेर श्रीमति र छोरा छोरीलाई खर्च जुटाउँदै आएका  छन् ।  

ओझेलका खवरमा उनको विचल्लीको कथा प्रशारण भए पछि अन्य थुप्रै व्यक्तिहरुले पनि सहयोग गर्दै आएका छन् । तम्घासका उपाध्यायले अमेरिकामा बसेर कमाएको कहि हिस्सा समाज सेवामा खर्चिदै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!