मुसिकोट नगरपालिकाको कार्य विवरणः हुने विरुवाको चिल्लो पात

Posted on: 14 Feb, 2018

प्रेम सुनार/फागुन २, गुल्मी । मुुसिकोट नगरपालिकाले मंगलबार पत्रकारहरु समक्ष सार्वजानिक गरेको सुरुवाती कार्य विवरण हुने विरुवाको चिल्लो पातका रुपमा लिईएको छ ।  

पदभार ग्रहण गरेको आठ महिनामा  सो नगरपालिकाले सवै वडाहरुमा सडक सुचारु , खानेपानी समस्याको समधानका लागि सुरु गरेका योजनाहरु ,  वेरोजगारी र गरिवी न्युनिकरणमा गरेका  कामहरु  र यसले चुनावताका घोषणा गरेका कुराहरु कतिपय पुरा भई सकेको र कतिपय हुने चरणमा देखिएकोले संकेत हुने विरुवाको चिल्लो पातका रुपमा  लिईएको हो । 


मुसिकोट नगरपालिकाले गत साउन २५ गते सार्वजनिक गरेको बजेटको अहिले सम्म करिब २२ प्रतिशत रकम खर्च गरेको बताएको छ । सामाजिक सुरक्षा भत्ता बाहेक अन्य शीर्षकमा गरी सो बराबरको खर्च भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख सोमनाथ सापकोटाले अहिले सम्म नगरको ४१ करोड ४३ लाख ७४ हजार ८ सय ४६ मध्ये करिब २२ प्रतिशत अर्थात ८ करोड ७७ लाख १७ हजार ५ सय ९३ रुपैया ५७ पैसा खर्च भएको छ ।

नगरप्रमुख सापकोटाले सात महिनामा ४० प्रतिशत काम सम्पन्न गरेको भएपनि जम्मा २२ प्रतिशत रकम मात्र भुक्तानी भएको जानकारी दिए । उनले बाँकी काम सम्पन्न भइसकेका योजनाहरुको पनि भुक्तानी दिने क्रम चलिरहेको जानकारी दिए । त्यसैगरी नगरपालिकाले आउँदो चैत्र सम्म ६० प्रतिशत रकम खर्च गर्ने र आषाढ सम्ममा सबै रकम खर्च गर्ने योजना राखेको बताइएको छ । आर्थिक बर्षको अन्त्य तिर मात्र रकम खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नै गरी काम भइरहेको सापकोटाले बताए ।

मुसिकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले सपथ खाएको १०० दिन भित्रमा नगरपालिकालाई उज्यालो नगरपालिका घोषणा गर्े अनुरुप  एकाधा घरमा उनिहरुको आफ्नै  समास्या वाहेक उज्यालो नगर बनाई सकेको छ ।  

मेयर सोमनाथ  सापकोटाले प्रदेश र प्रतिनिधि सभाको चुनावको आचारसंहिता लागु भइसकेको कारण उज्यालो नगर घोषणा कार्यक्रम प्रभावित भएको भएपनि नगरभित्र रहेका ३ सय ९९ बिद्युत नपुगेका घरहरुमा बिद्युत पुर्याइएको जानकारी दिए ।

नगरपालिकाले अहिले सम्म पदाधिकारी आचारसंहिता, नगर कार्यपालिका कार्यबिभाजन नियमावली, नगरसभा सञ्चालन नियमावली, नगरसभा कार्य सम्पादन नियमावली, नगरकार्यपालिका बैठक सञ्चालन नियमावली, विनियोृजन ऐन, आर्थिक बिधेयक, आर्थिक कार्यविधि नियमित र ब्यबस्थित गर्ने कानुन, बस्ती बिकास कार्यक्रम कार्यान्वयन कार्यविधि तथा शिक्षा नियमावली लगायतका १० नियमावलीहरु पारित गरेको जानकारी दिए ।

अहिले सम्म १५८ योजना सम्झौता भइसकेको, ९९ योजनाको रकम भुक्तान भइसकेको, ३०÷७० कार्यक्रमका खानेपानी योजना ५, ५०र५० कार्यक्रमका खानेपानी योजनाहरु २ वटा तथा काम सम्पन्न भइ भुक्तान हुन बाँकी ४५ योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


नगरपालिकामा अहिले सम्म उपसचिब १ जना, शाखा अधिकृत ८ जना, इन्जिनियर २ जना, लेखापाल १ जना, नासु १४ जना, सब इन्जिनियर १ जना, असिसटेन्ट इन्जिनियर १ जना, खरिदार २ जना, कम्प्युटर अपरेटर १ जना, बाँकी कार्यालय सहायक र कार्यालय सहयोगी गरी ५४ जनाको दरबन्दी भएपनि ३४ जना मात्रै कर्मचारी रहेको कारण कार्यसम्पादनमा समस्या भइरहेको छ । नगरप्रमुख सापकोटाले स्थानीय सरकार भन्ने तर काम गर्ने अधिकार केही पनि नदिदा पनि समस्या भइरहेको बताए ।

मुसिकोट नगरपालिका भित्र रहेका ७ सय २४ जना भुकम्प पीडित मध्ये हालसम्म ६ सय ९८ जनाको घर निर्माणको सम्झौता भइसकेको बाँकी लाभग्राहीको सम्झौता गर्न बाँकी रहेको, ५ सय २६ ले पहिलो किस्ता बापतको रकम लिएको, २२ जनालाइ दोस्रो किस्ताको सिफरीस भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पुननिर्माणको लागि हाल सम्म ५६ जना डकर्मीलाइ तालीम दिइएको भएपनि ७ सय बढी घर बनाउन त्यो जनशक्ति अपुग हुने नगरपालिकाको भनाइ छ ।

शिक्षा तर्फ नगरपालिका भित्र रहेका बालशिक्षा दरबन्दी नपाएका बिद्यालयमा बालशिक्षा कोटा प्रदान गरी शिक्षक नियुक्ती गरीएको, पिसिएफ कार्यक्रम सञ्चालन गरीएको जानकारी गराइएको थियो ।

त्यसैगरी खानेपानी तर्फ यस आर्थिक बर्ष भित्र नगर भित्रका १ हजार घरधुरीलाइ एक् घर एक धाराको अभियानमा सामेल गराउने गरी काम अघि बढेको जानकारी गराइएको थियो ।

त्यसैगरी गरिवी निवारणको निम्ती करेसाबारी लगायतका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको, विभिन्न कृषि सम्बन्धी तालिमहरु सञ्चालन गर्न लागिएको जानकारी गराइएको थियो ।

यही रफ्तारमा काम हुने हो भने निर्वाचनको समयमा ५ बर्षमा गर्ने भनिएका प्रतिबद्धताहरु पुरा गर्न सकिने नगरप्रमुख सापकोटाको बिश्वास छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!