गुल्मीको धुर्कोट महोत्सवबाट उठ्यो दुई दिनमै १७ लाख बढि रकम

Posted on: 20 Mar, 2018

प्रेम सुनार | चैत ६, गुल्मी | आईतवार देखि गुल्मीको धुर्कोट गाउँपालिकामा सुरु भएको श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सवको आज दोश्रो दिन सम्म करिव १८ लाख रुपैयाँ विभिन्न दानविरहरुबाट उठेको आयोजकले बताएका छन् ।

महोत्सव मुल समारोह समिति प्रचार प्रसार विभाग संयोजक दधिराम पाण्डेले दिएको जानकारी अनुसार हिजो पहिलो  दिन ११ लाख भन्दा बढि रकम संंकलन भएको थियो भने आज  ६ लाख भन्दा बढि रकम संकलन भएको छ ।

महोत्सवको पहिलो दिन पहिलो दानविरका रुपमा धुर्कोट रजस्थल घर भई काठमाणडौमा बसोवास गर्ने कृष्ण जिसीले फोन मार्फत समारोहलाई सम्वोधन गर्दै १ लाख ५ हजार रुपैयाँ दान गर्ने घोषणा गरेका थिए ।

उनले ज्यान काठमाण्डौं भए पनि मन त्यस धुर्कोट कोट आसपास मै रहेको अपनत्व प्रकट गरेका थिए । त्यस प्रति थुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्री सहितका जनप्रतिनिधीहरुले आभार प्रकट गरेका थिए ।

काठमाण्डौमै रहेका धुर्कोटरजस्थल कै अनन्त कुँवरले १ लाख १ हजार १ सय ११ रुपैया दान गर्ने घोषणा गरेका छन् । काठमाण्डौमै रहेका सोही गाउँका रामप्रसाद घिमिरेले ६१ हजार १ सय ५  दान प्रदान गरेका छन् ।

धुर्कोटरजस्थलकै सुर्य थापाले  ६१ हजार १ सय ५ रुपैया, सोही स्थानका दानबहादुर जिसीले ३० हजार ५ सय , धुर्कोट वडा नम्वर १ नयाँगाउँका वडाध्यक्ष कमल थापाले २५ हजार १ सय २५ , रुरु रेसुङ्गा संरक्षण तथा विकास समितिका प्रवन्ध निर्देशक तथा स्थानियवासी नरेश भण्डारीले ४० हजार ५ सय दान गरेका छन् ।

त्यस्तै रजस्थलका कृष्णबहादुर केसीले २२ हजार २ स २२  , वडा नम्वर ४ जैसीथोकका तारा खनालले २० हजार १ सय ५५ , धुर्कोटरजस्थलका पुर्व क्ष् गाविस उपाध्यक्ष कुलप्रसाद भण्डारीले २० हजार १ सय १५  ,  जैसीथोकका लेखनाथ पोखरेलले २० हजार १सय ५५ , धुर्कोट ४ जैसीथोकका वडाध्यक्ष मानबहादुर कुँवरले २५ हजार १ सय ५  पहिलो दिन सहयोग घोषणा गरेका थिए ।

त्यस्तै आज दोश्रो दिन धुर्कोटका उपप्रमुख शिवबहादुर खत्रीले ६३ हजार ३ सय ३३ रुपैयाँ दान गरेका छन् । धुर्कोट रजस्थलका भिमबहादुर परियारले ४० हजार  दान गरेका छन् ।  वडा नम्वर ३ पिपलधाराका वडाध्यक्ष नविन जिसीले ३१ हजार १ सय ११ , धुर्कोट ५ वस्तु घर भई कपिलवस्तुमा वसोवास गर्ने सुनिल कुमार श्रेष्ठ उनकी धर्मपत्नी भगवता श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रुपैयाँ  दान गरेका छन्  ।

त्यस्तै पिपलधारा घर भई नेपाली सेनाका सेनानी दुर्गाबहादुर थापाले ३१ हजार १ सय ११ रुपेयाँ र धुर्कोट ६ का वडाध्यक्ष कृष्ण नेपालीले २५ हजार ५ सय ५५ रुपैयाँ दान गरका छन् । थप सहयोगदाताको विवरण क्रमशः प्रकाशित गर्दै जाने खनालले बताएका छन् । महोत्सवको आईतवार गुल्मी क्षेत्र नम्वर २ प्रदेश ख का सांसद दिनेश पन्थीले उद्घाटन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!