मदन भण्डारी लोक मार्गले रिडी र तम्घासको भविश्य चम्काउँदै

Posted on: 24 May, 2018

प्रेम सुनार | जेठ १०, गुल्मी | स्थानिय तहको निर्वाचन संगै मानिसहरुको चहल पहल घट्दै जाना थाले पछि सदरमुकाम तम्घासको ब्यापार ब्यवसाय घट्दै गएको थियो । यहाँको जग्गा कारोवार समेत न्युन हुँदै र  यहाँको बेचेर  घडेरी खोज्न वुटवलतिर यहाँका मानिसहरु जान थालेका वेला हालै नेकपाको सरकारले निर्माण गर्न लागेको मदन भण्डार िलोक मार्गले सदरमुकाम तम्घास, रिडी वजार र सिमलटारीको वजारको भविश्य  उज्वल पानेृ निश्चित भएको छ ।  नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी कार्यक्रम अघि सारे पछि यहाँका यी वजारको भविश्य उज्वल हुने भएको हो  ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेलधुराको रूपाल (महाकाली नदी)  सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको छ  ।

यसको लम्बाइ १ हजार २ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा, गाईघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुढा हुँदै रूपालसम्म निर्माण हुनेछ । यो लोकमार्गले चुरे र भित्री मधेसमा पर्ने १४ जिल्ला झापा, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, दाङ, सुर्खेत, डोटी, कैलाली र डडेलधुरालाई जोड्ने छ ।

पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो योजना अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमि लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्ग २५ वर्षदेखि सञ्चालनमा छ । झापादेखि कञ्चनपुरको चाँदनी–दोधारा जोड्ने दोस्रो पूर्व–पश्चिम हुलाकी लोकमार्ग निर्माण धीमा गतिमा भइरहेको छ ।

झापादेखि कञ्चनपुरसम्म तराई–मधेसको दक्षिणी भेग भएर बन्ने १ हजार २७ किमि लम्बाइको यो लोकमार्गको निर्माण कार्य २० प्रतिशत हाराहारी मात्र सकिएको छ । करिब ८० प्रतिशत ठाउँमा ट्रयाक खोल्नै बाँकी छ ।

२०५० मा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर नेपाल भ्रमणमा आउँदा भारतले हुलाकी लोकमार्ग बनाइदिने घोषणा गरेको थियो । भारतीय सहयोग पर्याप्त नआउँदा निर्माणले गति लिन सकेको छैन । अघिल्लो वर्षदेखि सरकारले आफ्नै खर्चमा निर्माणलाई गति दिने निर्णय गरे पनि काम अघि बढेको छैन ।

तेस्रो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने कार्य सकिनै लागेको छ । आगामी आर्थिक वर्षभित्रै यो लोकमार्गको ट्रयाक पूर्ण रूपमा खुली यातायात सञ्चालनमा आउने दाबी भौतिक पूर्वाधार मन्त्रालयको छ ।

पूर्वमा पाँचथरको चियोभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको लम्बाइ १ हजार ७ सय ७६ किमि छ । ट्रयाक खुलेपछि सडकको रेखांकन सोझ्याएर १ हजार ३ सय किमिमा छोट्टयाउने योजना मन्त्रालयको छ ।

चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्गमा पर्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा खण्डमा खोलिएको ट्रयाक यातायात सञ्चालन हुन सक्ने अवस्थामा छ । यो खण्डको लम्बाइ ३ सय ८० किमि छ । मधेस आन्दोलनका बेला महेन्द्र लोकमार्ग बन्द हुँदा तराईका यात्रु र मालवाहक गाडी यो खण्डको धरान–चतरा हुँदै हेटौंडा र राजधानी आउने तथा राजधानी–हेटौंडा हुँदै धरानसम्म जाने गरेका थिए ।

कालोपत्रे र पुल निर्माण सुरु भइसकेको यस खण्डमा सरकारले एक वर्षअघि नै करिब १२ अर्ब रुपैयाँमा चारवटा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।

बाँकी खण्डको भने अध्ययन र सडकको एलाइन्मेन्ट ९रेखांकन० गर्नै बाँकी छ । यो काम तत्काल अघि बढाइने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार कतिपय ठाउँमा निर्माण भइसकेका सडकसमेत पर्ने भएकाले लोकमार्ग निर्माण छिटो अघि बढाउन सकिनेछ ।

नीति तथा कार्यक्रममार्फत सरकारले यो लोकमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ । जेठ १५ मा आउने बजेटमा रकम विनियोजन गरिने जानकारीसमेत ती अधिकारीले दिए ।  लोक मार्ग संगै रेसुङ्गा विमन स्थलको अव छिट्टै परिक्षण उडान समेत हुने र नियमित उडान पश्चात तम्घासको विकासले  तिव्रगतिमा फड्को मार्ने भएको छ ।  यस कार्यलाई संघिय सरकारका दुवै मन्त्री प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्टको उपहारका रुपमा गुल्मेली जनताले लिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!