गुल्मीका दुई नगरमा मात्रै झण्डै एक अर्बको योजना

Posted on: 12 Sep, 2018

प्रेम सुनार,  भदौ २७,गुल्मी गुल्मीका दुई नगरपालिकामा संघिय सरकारबाट झण्डै एक अर्बको योजनाहरु पर्ने भएका  छन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार त्यस नगरपालिकामा ५० शैयाको अस्पताल निर्माण र दोभान देखि नेटाको विकट गाउँ लिलिङ्ग सम्म फराकिलो र पक्की सडक निर्माणका लागि ४०  करोड भन्दा बढि रकम संघिय सरकारबाट पर्ने भएको छ ।


सो नगरपालिकाले २५ बर्षे गुरु योजना अगाडी सारेको छ । गुरु योजना तयारीका लागि ४० लाख  रकम विनियोजन भई सकेको छ । उनले संघिय सरकारका दुई मन्त्रीहरु  प्रदिपकुमार ज्ञवाली र गोकर्णराज बिष्टको पहलमा मुसिकोट र रेसुङ्गा नगरपालिकामा यस्ता दुई ठुला योजनाहरु पारिएको बताए ।


  रेसुङ्गा नगरपालिकामा ५० शैयाको अस्पताल पुर्व स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गरे पनि रकम  सोही अनुरुपको रकम नपरेर अलपत्र रहेको छ । त्यसका लागि र रेसुङ्गाको धार्मिक क्षेत्रको पर्यटकिय विकासका लागि ५० करोड रकम पर्ने भएको छ । मेयर सापकोटाले यी योजनाहरुको स्टुमेट गर्नका लागि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको टोली नगरपालिकामा आई सकेका छन ।


 मन्त्री गोकर्णराज बिष्टले ५० शैयाको अस्पतालका अलवा तम्घासमा शानदार सभाहल निर्माण र किरण पुस्ताकालयको भवन निर्माण तत्कालबाट सुरु गर्ने योजना अगाडी सारेको बताए । अर्का मन्त्री प्रदिपकुमार ज्ञवालीले गुल्मीको बिकासले फड्को मार्ने गरी सुरु गर्न लागिएको उद्घोष गरे ।


 उनले कालिगण्डकी कोरिडोरको १० मिटर चौडा सडकको शुभारम्भ गर्ने क्रमममा केहि मित्रहरु साह्रै अत्तालिएको भन्दै भने –‘ अब विकासका लागि कुनै पार्टी  छैन । छ भने त्यो विकास पार्टी  हो ।  अबको विकासमा कुनै पार्टी  नभनौं , हामी भनेर साझा भावनाका साथ  बिकास गरौं । हामी गुल्मीको विकासमा दिर्घकालिन प्रभाव पर्ने गरी  अगाडी बढ्दै छौं । ’


 



यस बिषयमा तपाइको प्रतिक्रिया...!