ग्लोबलआईएमई.बैङ्क र मुसिकोट नगरपालिका बिच सम्झौता

Posted on: 01 Feb, 2019

माघ १८, काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका बीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्थानीय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।


स्थानीय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पुर्याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उदेश्यले ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिका बीचमा दुईपक्षीय सम्झौता गरिएको हो । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छन।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्गसेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सनकाउण्टरतथाशाखारहितबैंकिङ्गसेवामाफर्तआफ्ना ग्राहकहरुमाझसेवाप्रदानगर्दै आइरहेको छ। बैंकले १३३वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!