गुल्मीमा पहिलो पटक शिक्षकहरुको महासंघ बनाईयो

Posted on: 09 Jun, 2018

प्रेम सुनार | जेठ २६, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्लामा विभिन्न राजनैतिक दल निकट  संगठनमा आवद्ध भएर छरिएका शिक्षकहरुले छाता संगठनका रुपमा आज नेपाल शिक्षक महासंघ गठन गरेका छन् ।

जिल्लाका विभिन्न राजनैतिक दलका ६ वटा शिक्षक संगठन  जुटेरी आज घोषणा सभा गरेका हुन ।  केन्द्रबाट देशैभर प्रदेश, जिल्ला हुँदै गाउँ स्तर सम्म महासंघको संरचना बनाउने निर्णय अनुसार गुल्मी जिल्लामा पनि  भव्यताका साथ जिल्ला स्तरिय  महासंघ घोषणा गरिएको हो ।

महासंघको अध्यक्षमा तत्कालिन नेकपा एमाले निकट शिक्षक संगठनका अध्यक्ष रोहितप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

सहध्यक्षमा तत्कालिन माओवादी केन्द्र निकट शिक्षक संगठनका उपाध्यक्ष गुणादेव सिंजाली निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा तारा महत , जनकलाल कँडेललाई निर्वाचित गरिएको छ ।


माहसचिवमा नेपाली कांग्रेस निकट शिक्षक संघका हिरासिंह सारङ्गकोटी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तत्कालिन एमाले निकट रामकृष्ण कँडेल  र सह–सचिवमा तत्कालिन माओवादी केन्द्र निकट सुशिला गौतम निर्वाचित भएकी छन् । संस्थागत सह सचिवहरुमा  थानेश्वर खनाल , तेजेन्द्र खड्का , सविता आर्चाय र अर्थ सहसचिवमा  भेषराज खनाल निर्वाचित भएका छन् ।

पदाधिकारी देखि सदस्य सम्म राजनैतिक रुपमा सन्तुलन मिलाई महासंघ निमाण गरिएको  नवनिर्वाचि महासचिव सारङ्गकोटीले जानकारी दिए । सदस्यहरुमा कृष्णबहादुर जिसी, शंकर भण्डारी , रामचन्द्र सापकोटा, ईस्वरीप्रसाद अर्याल, कृष्ण सुर्यबंशी , डिलाराम न्यौपाने , खिमबहादुर बुढाथोकी , दुर्गाप्रसाद आचार्य , गुणाखर अर्याल, कृष्ण ढकाल , मोती महत  निर्वाचित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!