फेरी अर्को यौन काण्ड: शिक्षक छात्राको जवानीमा लोभिएपछि...

Posted on: 22 Jul, 2018

प्रेम सुनार | साउन ६, गुल्मी | हिजो हामीले  ‘जुन सरले छोरी भनेर बलाए, उनैले जवरजस्ती गर्न खोजे...' शिर्षका समाचार सम्प्रेषण गरे लगत्तै गुल्मीको त्यसै स्थानमा फेरी अर्की छात्रा माथी पनि अर्का  शिक्षकले त्यस्तै दुव्र्यवहार गरेको खुलासा भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका पालिका स्थित एक विद्यालयका शिक्षकले आफैले पढाउने छात्रलाई घरमा  'तिमी मेरी छोरी सरहकी हौं अन्यथा नठान' भन्दै फकाएर बोलाएपछि उनले यौन दुव्यवहार गर्न खोजेको समाचार हिजो सम्प्रेषण गरिएको थियो ।

त्यस समचार आए लगत्तै फेरी सोही गाउँपालिकाकी अर्की छात्राले पनि अर्का शिक्षकबाट पछिल्लो यो घटना अघि पनि त्यस्तै दुव्र्यवाहर भएको र विद्यालय भित्रै मिलाईएको जानकारी पाएको  त्यस गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए । 

आज विहान हामीले हिजो उठाएको विषयमा जिज्ञाषा राख्दा गाउँपालिका प्रमुख खत्रीले भने–‘ हिजो तपाईहरुले उठाएको विषय जस्तै फेरी अर्की छात्रा पनि यस अघि अर्का शिक्षकबाट  त्यस्तै  खाले ब्यवहार भएको र विद्यालय भित्रै मिलाईएको जानकारी प्राप्त भएको छ , शिक्षकबाटै छात्राहरु  दुव्यवहारमा पर्नु भनेको गम्भीर विषय हो, यस्ता घटना वाहिर ल्याएर अन्य शिक्षकहरुलाई पनि सजग गराउन जरुरी छ  ।’

 उनले थपे–‘ हिजोको विषयमा  ति छात्राले पारेको उजुरी वडा नम्वर ६ हरेवाका वडाध्यक्ष गोकर्णप्रसाद शर्मालाई गाउँपालिकाको न्यायिक समितिमा पठाउन मैले भनि सकेको छु , समितिले गम्भीरढंले लिने छ ।’  

वडाध्यक्ष शर्माले पनि यस अघि हामी संगको कुराकानीमा त्यस घटना जटिल र वडाको दायर भन्दा माथी भएको भन्दै गाउँपालिकामा पठाउने बताएका थिए । त्यहाँका जनप्रतिनिधीहरुको आग्रहमा केहि समयका लागि ति शिक्षकहरुको नाम गोप्य राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!